२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

निलम्बनमा परेका यातायात बाराका प्रमुख अरबिन्द दास मुख्यमन्त्रीको आशिर्वादमा राज गर्दै ?

Logo
राहुल गुप्ता प्रकाशित शनिबार, बैशाख ०६, २०८२

पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सिंहको आशीर्वादमा विगतमा विभिन्न अनियमिततामा मुछिएका विवादस्पद र बदनाम छवि भएका अविन्दर दासले यातायात व्यवस्था कार्यालय कलैया,बाराका प्रमुखको जिम्मेवारी पाएका हुन्। यातायात कार्यालयमा हुने अनधिकृत कमाईको खबर जानेका दासले ठूलो आर्थिक चलखेल गरेर प्रमुखको जिम्मेवारी पाएको स्रोतको दाबी छ।

यातायात व्यवस्था कार्यालय कलैया बारामा प्रमुख दास माघ ९ गते बुधबार कार्यालयमा हाजिर भएका थिए। प्रमुख दास हाजिर भएको दिन देखि नै सेटिङ गरेर असुलीका लागि दर्जनभन्दा बढी बिचौलियाहरू परिचालन गरेका हुन्।

नयाँ र वर्ग थप (क्याटेगोरी ए, के, बी, सी, सी१, तथा मेशिनरीको लिखित र प्रयोगात्मक परीक्षामा पास गराइदिनका लागि बिचौलियाहरूबाट रकम असुल गर्छन प्रमुख दास।

प्रमुख अविन्दर दासले सवारी चालक अनुमति पत्र विक्री गरेर करोडौं कमाउने योजना बनाएको कार्यालयका एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाइनलाई बताएका छन्। प्रमुख दासले प्रदेश सरकारलाई भेटी चढाएर आफू यहाँ आएको र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नजिक रहेकोले कसैले केही गर्न नसक्ने भन्दै खुलेर पैसाको बार्गेनिङ गर्ने गरेको स्रोतको दाबी छ।

दास यातायातमा सबैभन्दा बढी अवसर पाउने र कमाउनेमा पर्दछन्। उनी यसअघि नै यातायात व्यवस्था कार्यालय वीरगंज, पर्सा र गौर, रौतहटमा बसेर अकूत पैसा कमाएका विवादास्पद हाकिम हुन्। उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजको श्रीपुरमा फ्याक्ट्री सञ्चालन गरेको स्रोतको दाबी छ। यस्तै उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजसहित कयौं स्थानमा घरघडेरी जोडेको स्रोतको दाबी छ।

रौतहटमा सेटिङमार्फत असुलीको आरोप

यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दास निजामती सेवामा विवादास्पद कार्यालय प्रमुखका रूपमा चिनिन्छन्।

यातायात व्यवस्था कार्यालय गौर,रौतहटका प्रमुख रहँदा दासको असुली काण्डले सिमा नाघेको थियो। त्यहाँ पनि सेटिङमा लाइसेन्स बिक्री गरेको र बिचौलियामार्फत असुली गरेको आरोप छ। दास रौतहट यातायात प्रमुख हुँदा दर्जनौं दलाल परिचालन गरी अबैध असुली गरेको आरोप लागेको थियो। रौतहटमा प्रमुख दासले दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री गर्ने काम गरेको आरोप छ। यस्तै, स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत गरेको आरोप छ।

अनियमिततामा मुछिएका दासको विगत

यातायात व्यवस्था कार्यालय वीरगंजमा नायब सुब्बा हुँदा निलम्बन समेत परिसकेका विवादास्पद हाकिम छन् अविन्दर दास। यस्तै यातायात व्यवस्था कार्यालय वीरगंजमा रहँदा कानून विपरित भारतीय सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गते आइतवार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेपछि छ वर्षअघि यातायात व्यवस्था कार्यालय वीरगंजबाट निलम्बनमा परेका थिए।

साथै, नेपालीकरणको लागि प्राप्त निवेदन र सोसँग संलग्न अन्य कागजातहरू र सफल परीक्षार्थीका उत्तरपुस्तिका लगायतका कागजात काम (तामेल भएको एक वर्ष नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियम विपरित कागजात धुल्याइ सरकारी कागजात नष्ट गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृत उमेश रेग्मी र तत्कालीन नायव सुब्बा अविन्दर दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम कसूर गरेको देखिन आएकोले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सजाय हुन मागदावी गरिएको थियो।

शक्ति केन्द्रहरू खेलाउन सक्ने दास अख्तियारलाई समेत आर्थिक प्रभावमा पारेर मुद्दा कमजोर बनाउन सफल भएको बताउँछन्। ‘अख्तियार, नेता सबैलाई कसरी हात लिनुपर्छ, सबै मलाई थाहा छ,’ भन्नुहुन्छ उनी। उनका समकक्षीहरूको भनाइअनुसार उनको सम्बन्ध त मन्त्रालयभन्दा सिधै मुख्यमन्त्री कार्यालय र संघीय मन्त्रीसँग रहेको छ। ‘मन्त्रीको कुरै छोडौं, मुख्यमन्त्री सिंह पनि दासको सेटिङमा सामेल छन्, उनी खुलेरै कर्मचारीलाई बताउने र धम्काउने गरेका छन्,’ कार्यालयका एक कर्मचारीले भने।

सत्यनारायण साहको संलग्नता

प्रमुख दाससँगै हाजिर भएका अर्का कर्मचारी सत्यनारायण साह अबैध असुलीमा माहिर खेलाडी हुन्। सत्यनारायण साह हाजिर भएपछि दलाल र सेवाग्राहीसँग पैसा उठाउन कार्यालयमा हालीमुहाली चल्ने भएपछि अन्य अधिकृतहरू किनारा लागेका छन्। साह वीरगंज यातायातमा अबैध असुली गरेका बदनाम र घुस्याहा कर्मचारी हुन्। उनले वीरगंजबाट बारा गएर मोटो रकम असुल गरि फेरि पर्सामा काज गराए, तर उनको यसपटक पर्सामा कुनै चारा नचलेपछि एक महिनामै पुनः बारामा गएका छन्।

यातायात व्यवस्था कार्यालय गौर रौतहटमा निमित्त हाकिम बनेर गएका दास पछि प्रदेशको बढुमा परेर हाकिम बने, तर मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दासको त्यहाँ सरुवा गरे। स्रोतका अनुसार सरुवा हुनासाथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, अर्थात् मुख्यमन्त्रीलाई मोटो रकम बुझाएर थमौती गराएको थियो। तर आर्थिक चलखेल गरि थमौती गराएको कुरा यातायात मन्त्रीसम्म पुगेपछि दासलाई मन्त्रालयले तानेको थियो। त्यसपछि दासले मुद्दा गरेर मुद्दा जितेपछि उनलाई बारा यातायात प्रमुखमा सरुवा गरियो, तर बारा यातायात प्रमुखमा सरुवा गरिएको विषयमा यातायात मन्त्री कौशल किशोर रायलाई थाहा भएपछि उनलाई बाटोबाट नै मन्त्रालय फर्काएका थिए। त्यसपछि यातायात मन्त्री रायलाई मुख्यमन्त्री सिंहले दबाब दिएर, भनसुन गरेर कन्भिन्स गरि मिलाएर फेरि दासलाई बाराका लागि रवाना गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले हालै केन्द्रीय सदस्यमा निर्वाचित भएका राहुल गुप्तालाई एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत हुन्। हालै सम्पन्न निर्वाचनबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पर्सा कार्यसमितिले उनलाई विशेष रूपमा सम्मान गर्दै उनको सफलताको कदर गरेको हो। कार्यक्रममा समितिका अध्यक्ष सफल खतिवडा, […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको माध्यामिक विद्यालय झिंगनीको व्यवस्थापन समितिको अध्यक्ष छनौंट अन्तिम चरणमा पुगेको छ । यसको लागि अभिभावकहरुले सर्वसम्मतरुपमा भपुबहादुर टोमटा, शान्ता चौधरी, माघी चौधरी र मैतबहादुर चौधरीलाई सदस्यमा चयन गरेका छन् । अभिभावकहरुले छनौंट गरेका चार जना सदस्यले निर्वाचन मार्फत सीता आले र बसन्त अधिकारीलाई चयन गरेको र […]

काठमाडौँ । वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिको प्रक्रियामा म्यानपावर कम्पनी वा तिनका प्रतिनिधि संलग्न भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले एक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृतिको नाममा इजाजतपत्र प्राप्त संस्थाहरूले कानुन विपरीतका गतिविधि गरिरहेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो। हाल वैदेशिक रोजगारीका लागि व्यक्तिगत र संस्थागत गरी दुई प्रक्रियाबाट […]

error: Content is protected !!