०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मंगलबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
9848060799

मेष -आजको दिन उत्साहजनक छ। मनमा नयाँ जोश हुनेछ। यात्रा वा भेटघाटले फाइदा पुग्ने संकेत छन्। पुराना स्मरणसाथ सुरु गरेका कामले गति लिनेछ।

वृष -आर्थिक काममा प्रगति हुनेछ। तर मन अशान्त हुन सक्छ, त्यसैले धैर्य अपनाउनु उत्तम। खर्चमा नियन्त्रण आवश्यक देखिन्छ।

मिथुन -आजको दिन मन स्थिर राख्न सक्नुपर्छ। भावनामा बग्नुभन्दा व्यवहारिक निर्णय लिनुहोस्। साझेदारीका काममा सावधानी अपनाउनुहोस्।

कर्कट -मन मिल्ने व्यक्तिसँग समय बित्नेछ। प्रेम र सम्बन्धमा प्रगाढता आउन सक्छ। घरमा शुभ समाचारको सम्भावना छ।

सिंह -आफ्नो विचारमा अडिग रहनु पर्ने दिन हो। पद र प्रतिष्ठाको विषय आउन सक्छ, तर अहंकार नदेखाउनुहोस्। सहकर्मीहरूसँग सल्लाह गरेर अघि बढ्दा राम्रो हुनेछ ।

कन्या -पढाइ लेखाइमा मन जानेछ। विद्यार्थी वा लेखन, शोध जस्ता कार्यमा सफलता मिल्नेछ। पेटको समस्या भने देखिन सक्छ।

तुला -साझेदारी वा सौदाबाजीका काममा ध्यान पुर्‍याउनुहोस्। आज ठूला योजना नबनाउनु नै उपयुक्त होला। आफन्तको भावनामा चोट नपुर्याउनुहोस्।

वृश्चिक-परिवारसँग सन्तुलनमा ध्यान पुर्याउनुहोस्। मानसिक द्विविधा हटाउने समय हो। अरुको कुराले निर्णय नबिगार्नु होला ।चेतना स्थतर उच्चराखेर काम गर्नु होला ।

धनु -कार्यव्यस्तता बढ्नेछ तर त्यसको फल राम्रो मिल्नेछ। आत्मबल र विचारदृष्टिकोण स्पष्ट राख्दा फाइदा हुन्छ। यात्रामा लाभ हुनेछ।

मकर -आर्थिक लाभका संकेत छन्। खर्च बढे पनि मन सन्तुष्ट रहनेछ। मित्रतामा विश्वास रहला, तर गोप्य कुरा चुहिन नदिनुहोला ।

कुम्भ -अहिले विचार गर्दै आएका योजना कार्यान्वयन गर्न राम्रो समय छ। परिवारमा सानो हर्षको वातावरण बन्न सक्छ। मान्यजनको सल्लाह लिनु बुद्धिमानी हुनेछ ।

मीन -आज आत्मविश्लेषण गर्ने दिन हो। एकान्त वा ध्यानमा बस्दा मनको समाधान मिल्नेछ। प्रेममा मिठास आउनेछ ।दिन हर्षयुक्त हुनेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!