३१ आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

मंगलबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
9848060799

मेष -आजको दिन उत्साहजनक छ। मनमा नयाँ जोश हुनेछ। यात्रा वा भेटघाटले फाइदा पुग्ने संकेत छन्। पुराना स्मरणसाथ सुरु गरेका कामले गति लिनेछ।

वृष -आर्थिक काममा प्रगति हुनेछ। तर मन अशान्त हुन सक्छ, त्यसैले धैर्य अपनाउनु उत्तम। खर्चमा नियन्त्रण आवश्यक देखिन्छ।

मिथुन -आजको दिन मन स्थिर राख्न सक्नुपर्छ। भावनामा बग्नुभन्दा व्यवहारिक निर्णय लिनुहोस्। साझेदारीका काममा सावधानी अपनाउनुहोस्।

कर्कट -मन मिल्ने व्यक्तिसँग समय बित्नेछ। प्रेम र सम्बन्धमा प्रगाढता आउन सक्छ। घरमा शुभ समाचारको सम्भावना छ।

सिंह -आफ्नो विचारमा अडिग रहनु पर्ने दिन हो। पद र प्रतिष्ठाको विषय आउन सक्छ, तर अहंकार नदेखाउनुहोस्। सहकर्मीहरूसँग सल्लाह गरेर अघि बढ्दा राम्रो हुनेछ ।

कन्या -पढाइ लेखाइमा मन जानेछ। विद्यार्थी वा लेखन, शोध जस्ता कार्यमा सफलता मिल्नेछ। पेटको समस्या भने देखिन सक्छ।

तुला -साझेदारी वा सौदाबाजीका काममा ध्यान पुर्‍याउनुहोस्। आज ठूला योजना नबनाउनु नै उपयुक्त होला। आफन्तको भावनामा चोट नपुर्याउनुहोस्।

वृश्चिक-परिवारसँग सन्तुलनमा ध्यान पुर्याउनुहोस्। मानसिक द्विविधा हटाउने समय हो। अरुको कुराले निर्णय नबिगार्नु होला ।चेतना स्थतर उच्चराखेर काम गर्नु होला ।

धनु -कार्यव्यस्तता बढ्नेछ तर त्यसको फल राम्रो मिल्नेछ। आत्मबल र विचारदृष्टिकोण स्पष्ट राख्दा फाइदा हुन्छ। यात्रामा लाभ हुनेछ।

मकर -आर्थिक लाभका संकेत छन्। खर्च बढे पनि मन सन्तुष्ट रहनेछ। मित्रतामा विश्वास रहला, तर गोप्य कुरा चुहिन नदिनुहोला ।

कुम्भ -अहिले विचार गर्दै आएका योजना कार्यान्वयन गर्न राम्रो समय छ। परिवारमा सानो हर्षको वातावरण बन्न सक्छ। मान्यजनको सल्लाह लिनु बुद्धिमानी हुनेछ ।

मीन -आज आत्मविश्लेषण गर्ने दिन हो। एकान्त वा ध्यानमा बस्दा मनको समाधान मिल्नेछ। प्रेममा मिठास आउनेछ ।दिन हर्षयुक्त हुनेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

बाँके । कोहलपुर लागुऔषधको अखडा बन्दै गएको ब्यापक जनगुनासोकाविच कोहलपुर प्रहरीलाई ठुलो सफलता मिलेको छ । कोहलपुर प्रहरी प्रमुखकारुपमा लक्ष्मि खनाल आएपछि पहिलो पटक यती ठुलो सफलता मिलेको हो । आज विहान कोहलपुर ११ बाट अफिम र नक्कली नोट सहित आफुलाई पत्रकार वताउने मान वहादुर साकारले लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट र १९ […]

दाङ । घोराही तापा सडक खण्डमा चल्ने सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने केही टिप्परहरुले ओभर लोड बोक्ने, तीब्र गतीमा सवारी साधन चलाउने ,त्रिपालले नछोपी हिड्ने गरेको भन्ने गुनासो आएकोले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङबाट टिप्परका चालकहरु,चुनढुगा खानीका सरोकारवाला बिभिन्न ब्यक्तीहरु तथा टिप्पर समितिकापदाधिकारीहरु समेतलाई सो सम्वन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक […]

error: Content is protected !!