२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कर्णाली चिसापानीमा नयाँ बर्षको शुभकामना आदानप्रदान पत्रकार अधिकारको लागि सबै एकजुट बनौँ

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

 

कैलाली । मोहन्याल ७, पितमारीमा नयाँ वर्ष २०८२ को अवसरमा पत्रकार मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

लम्कीचुहा प्रेस क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बाँके, बर्दिया र कैलालीका करिब ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन दीपक रावलले गर्नुभएको थियो भने सभाध्यक्षको भूमिका पनि उहाँले नै निर्वाह गर्नुभएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य लिलाजंग शाही प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथिमा केदार टुर एण्ड ट्राभल्सका प्रतिनिधि अर्जुन रावल, महासंघका प्रदेश सचिव इन्दु केसी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यौरे, प्रेस चौतारी नेपालका प्रदेश महासचिव भानुभक्त आचार्य, पत्रकार महासंघ कैलाली शाखाका सदस्य बिरेन्द्र शाह, र प्रेस सेन्टर नेपालका सागर चौधरीजस्ता विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि शाहीले समसामयिक राजनीतिक अवस्थाबारे मन्तव्य राख्दै देशमा राजतन्त्र र गणतन्त्र पक्षधरबीचको आन्दोलनले अस्थिरता सिर्जना गरिरहेको बताउनुभयो। समाजमा दिगो शान्ति, सद्भाव र सुशासन स्थापनाका लागि सञ्चारकर्मीहरुले जिम्मेवार पत्रकारिता गर्नुपर्ने र सरकारलाई सचेत गराउने समाचार लेख्न आग्रह गर्नुभयो।

उहाँले २०४८ सालमा पूर्व माननीय गङ्गा बहादुर कुँवरद्वारा प्रस्तावित चिसापानी–जंगलघाट हुँदै मंगलसेन जोड्ने सडक अझै नबनेको विषयमा पनि ध्यानाकर्षण गराउँदै अछाम, दैलेख, जुम्ला, कालिकोट र सुर्खेत जाने छोटो दुरीको उक्त सडक निर्माणमा सरकारलाई दबाब दिन आग्रह गर्नुभयो।

कार्यक्रममा पत्रकार आशिष मल्ल ठकुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन लम्की प्रेस क्लबका अध्यक्ष भुपेन्द्र विकले गर्नुभएको थियो।
कार्यक्रमको आर्थिक सहयोग केदार टुर एण्ड ट्राभल्सले गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]