२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पोखरामा नक्कली डिएसपी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

कास्की । पोखरा खाना खाएर ‘डीएसपी हुँ’ भन्दै पैसा नतिरेपछि आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बागलुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको ढावा रेष्टुरेन्ट एण्ड बारमा खाना खाएर पैसा नतिरी आफू प्रहरीको डीएसपी भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीसँग अभद्र व्यवहार गरेको उनीमाथि आरोप छ ।
उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पौडेलले आफू प्रहरी भएको भन्दै बारमा धाकधम्की दिएको मात्र नभई, मागअनुसारको खानेकुरा खाइसकेपछि पैसा नतिर्ने प्रयास गरेका थिए ।घटनालगत्तै पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!