०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

पोखरामा नक्कली डिएसपी पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

कास्की । पोखरा खाना खाएर ‘डीएसपी हुँ’ भन्दै पैसा नतिरेपछि आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बागलुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको ढावा रेष्टुरेन्ट एण्ड बारमा खाना खाएर पैसा नतिरी आफू प्रहरीको डीएसपी भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीसँग अभद्र व्यवहार गरेको उनीमाथि आरोप छ ।
उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पौडेलले आफू प्रहरी भएको भन्दै बारमा धाकधम्की दिएको मात्र नभई, मागअनुसारको खानेकुरा खाइसकेपछि पैसा नतिर्ने प्रयास गरेका थिए ।घटनालगत्तै पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको कलकता घर भइ हाल काठमाडौँ महानगरपालिका २६ भेडासिंह बस्ने ४१ वर्षीय मानिक दास रहेका छन्। प्रहरीले एक किलो ४८२.८१ ग्राम सुनका गहना बरामद गरेको हो। उनले त्यहाँ सुनचाँदीका गरगहना अवैध रुपमा बिक्री वितरणका लागि भण्डारण गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो। घरको माथिल्लो तलामा उक्त गहना लगायतका सामान […]

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज  प्रकाशित गरेको सूचनाअनुसार  प्रहरी सहायक निरीक्षक (जनपद)तर्फ २११ पद असईमा नयाँ भर्ना आह्वान गरेकाे हाे ।  खुलातर्फ  ११४ जना मागेकाे छ भने  बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ। असई पदका लागि […]

बाँके । नेपालगन्ज भारतबाट अवैध रुपमा भन्सार छली गरि ल्याइएको प्रतिबन्धित सामान खाने तेल ल्याउन पाइँदैन, प्रहरीले जफत नै गर्छ। यो नियम सबैका लागि बराबर हो। जमुनाहा नाकामा खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर देशको कानुनको रक्षा गरिरहेका छन्। राज्यको कानुन कार्यान्वयन गर्ने राष्ट्रसेवक कर्मचारीमाथि हातपात र गालीगलौज गर्नु अत्यन्तै निन्दनीय […]