१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

कपिलवस्तु एसपी निरन्जन भट्टद्वारा उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कार तथा मातहतलाई निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

 

कपिलवस्तु । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा आयोजित मासिक मिटिङ्ग कार्यक्रमका क्रममा एसपी निरन्जन भट्टले जिल्लाका मातहत प्रहरी इकाइका प्रमुखहरुलाई विभिन्न समसामयिक विषयमा निर्देशन दिएका छन्।

उनले भारतीय सीमानाकाहरुमा हुने चोरी – तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, महत्वपूर्ण स्थान तथा आम नागरिकको सुरक्षा, प्राकृतिक प्रकोपप्रति तत्काल प्रतिक्रिया, प्रहरी आचारणमा उच्च नैतिकता र सामाजिक संजालको सही प्रयोगमार्फत् प्रहरीले जनतासँग सुमधुर सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार सत्यनारायण यादवलाई चैत महिनाको ‘प्रहरी अफ द मन्थ (Police of the Month)’ का रूपमा प्रशंसा–पत्रद्वारा सम्मान गरिएको छ। त्यस्तै, अन्य उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पनि नगद पुरस्कार प्रदान गरी कदरघना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!