२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको रिक्त १० जना डीआईजी पदपूर्तिका निम्ति सिफारिस अन्तिम तयारी

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

नेपाल प्रहरीको रिक्त १० जना डीआईजी पदपूर्तिका निम्ति सिफारिस अन्तिम तयारी

काठमाडौं । यससँगै ‘नमस्ते टोली’ भनिने राष्ट्रिय अनुसन्धान विभागबाट समायोजित समूह ‘बढुवा विभेद’ हुनेमा सशंकित छ ।

डीआईजी र एआईजीका अघिल्लो बढुवामा पछाडि पारिएको उक्त टोली डीआईजी दर्जामा अब हुने बढुवामा पर्ला कि नपर्ला भन्ने संशय पैदा भएको छ । नेपाल प्रहरीमा रिक्त १० डीआईजी बढुवाका दावेदारमध्ये उक्त टोलीबाट मात्रै ४ बलिया दावेदार छन् ।

यसअघि दावेदारी बलियो हुँदाहुँदै पनि सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीहरु डीआईजी र एआईजी बढुवामा पछाडि पारिएका थिए ।

डीएसपीदेखि एसएसपी दर्जासम्मको बढुवामा नेपाल प्रहरीको १११ टोलीभन्दा अगाडि रहँदै आएको उक्त टोलीलाई डीआईजी बढुवादेखि पछाडि पारियो । गत साताको एआईजी सिफारिसमा त नामोनिशान पनि भेटिएन ।

नेपाल प्रहरीमा रिक्त १० डीआईजी बढुवाका निम्ति ११२ टोली (भर्ना मिति २०५६ असार ३) कै बीचमा प्रतिस्पर्धा हुने चर्चा चलिरहँदा एसएसपी बढुवामा उक्त टोलीभन्दा पहिल्यै प्रवेश पाएको राअबाट समायोजित टोलीको कुनै चर्चा छैन ।

जबकी बढुवाका बलिया दावेदार भएर पनि ‘राअ टोली’ कै नाममा विभेद गरिएका अधिकृत २०७९ असार २५ मा एसएसपी सिफारिस भएका थिए । ११२ का अधिकृत चाहिँ २०८० वैशाख २४ का एसएसपी हुन् ।

यसरी समायोजित समूहकै नाममा विभेद गर्दै दावेदारी पुग्दा पनि बढुवाको चर्चामा प्रवेश नपाएका एसएसपी हुन्, ओमबहादुर राना, विनोद घिमिरे, जयराज सापकोटा र सुरेन्द्रबहादुर गुरुङ । यो टोलीले २०७९ असार २५ मा एसएसपी बढुवा पाउँदाका प्रायः अधिकृत अहिले डीआईजी छन् ।

उनीहरुजस्तै अनुसन्धान विभागबाटै समायोजित भएका सिद्धिविक्रम शाह उक्त बढुुवाको २, सुशीलसिंह राठौर ३ र उमाप्रसाद चतुर्वेदी ४ नम्बरमा सिफारिस भएका थिए । अहिले पहिलो नम्बरमा एआईजी सिफारिस भएका दानबहादुर कार्की त्यही बढुवामा सिफारिस नम्बर ५ बाट एसएसपी भएका थिए ।

अहिले डीआईजीको दावेदारी दावी गर्ने राना ११, घिमिरे २४, सापकोटा २८ र गुरुङ २९ नम्बरमा एसएसपी सिफारिस भएका थिए । सोही बढुवामा ९ नम्बरका हिमालयकुमार श्रेष्ठ र १० का डम्बरबहादुर विक पनि डीआईजी भइसकेर पनि एआईजीको प्रतिस्पर्धामा आफ्नो दावेदारी दावी गरिसके ।

अनुसन्धान विभागबाट समायोजित टोलीका निम्ति २०८१ जेठ ४ को डीआईजी बढुवा दुर्भाग्यपूर्ण हुन पुग्यो । डीएसपी बढुवादेखि अगाडि रहँदै आएको अनुसन्धानबाट समायोजित टोलीले डीआईजी बढुवाका निम्ति ६ महिना पछाडि पर्नुप¥यो । गत साताको एआईजी बढुवामा त कोही पनि परेनन् ।

यस्तो स्थितिका बीच आजभोलिमै प्रकाशित हुने डीआईजी बढुवा सिफारिसमा परिएला कि नपरिएला भन्ने चिन्तामा छन्, राअ टोली । कार्यालय प्रमुखका रुपमा खटाउने कुरामा विभेद छैन । उही तलब, उही ग्रेड, मात्रै तालिम अगाडि र पछाडिको । तर, जब जब बढुवाको मामिला आउँछ, उक्त टोलीलाई ‘नमस्ते’ टोलीका नाममा अपमान गर्ने गरिएको सोही टोलीका एक अधिकृत बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]