२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बुधबार तपाईंहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित बुधबार, बैशाख १०, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ
9848060799

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मिहिनेतको फल पाइनेछ। आत्मबल बढ्नेछ। मनमा आएको कुरा व्यक्त गर्दा सहजता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक पक्ष मजबुत बन्दै जानेछ। मीठा कुराले सम्बन्ध बलियो बनाउनेछ। नजिकका व्यक्तिसँग रमाइलो समय बित्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सोचेजस्तै काम अगाडि बढ्नेछ। बोल्दा वा लेख्दा स्पष्टता राख्नु राम्रो हुनेछ। यात्राको सम्भावना देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
थोरै प्रयासले पनि राम्रो उपलब्धि मिल्नेछ। घरायसी खुसी बढ्नेछ। खानपानमा सन्तुलन राख्नु उपयुक्त।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुराना कुराले मन अल्झिन सक्छ, तर ध्यान केन्द्रित गर्दा सफलताले साथ दिनेछ। मित्रसँग मतभेद सुल्झिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना कुरामा दृढ रहनु राम्रो हुनेछ। खर्चमा नियन्त्रण आवश्यक छ। सन्तुलित व्यवहारले सबैलाई आकर्षित गर्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम, सम्बन्ध वा सन्देश आदान–प्रदानमा रमाइलो हुनेछ। सामाजिक काममा सरिक हुन सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै सोच्नु भन्दा काममा लाग्दा लाभ मिल्नेछ। नजिकका मानिसहरूको विश्वास जित्न सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सकारात्मक सोचले सफलता ल्याउनेछ। ज्ञानमा अभिवृद्धि हुने दिन। नयाँ कुरा सिक्ने मौका मिल्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
परिवारमा मेलमिलापको वातावरण बन्नेछ। आत्मअनुशासन जरुरी छ। स्वास्थ्यमा सामान्य समस्या देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रभावशाली व्यक्तिसँग भेट हुने सम्भावना। पुरानो योजना कार्यान्वयनमा आउन सक्छ। चलाखीले फाइदा लिन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बोलचालमा सजगता आवश्यक छ। एक्लोपन महशुस भए पनि आफ्नै ठाउँमा अडिग रहँदा सम्मान मिल्नेछ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]