२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पत्रकार सदस्यता अब लेख्ने क्रियाशीलताको आधारमा वितरण हुन्छ : महासचिव पाण्डव शर्मा

Logo
ओमप्रकाश गुप्ता प्रकाशित बिहिबार, बैशाख ११, २०८२

 

दाङ । भालुवाङ नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकार सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताएका छन् ।

बुधबार दाङको राप्ती गाउँपालिका- २ हर्षेडाँडा पार्क लालमटियामा राप्ती प्रेस मञ्चले आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले विगतमा पत्रकार सदस्यता वितरणमा विभेद भएको सन्दर्भ सुनाउँदै अहिलेको नेतृत्वले निष्पक्ष ढंगले क्रियाशील पत्रकारलाई प्राथमिकतामा राख्ने बताए। उनले भने,’अब पत्रकार सदस्यता विचार, आस्था वा व्यक्तिगत रिसिभावका आधारमा होइन,क्रियाशीलताका आधारमा वितरण गर्छौ।’

त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शमाले सञ्चारमाध्यम सशक्त नहुँदासम्म पत्रकारिता बलियो नहुने बताए। उनले विधागत लेखनमा ध्यान दिन पत्रकारहरूलाई आग्रह गरे।
नागरिक समाज दाङका संयोजक निमबहादुर थापाले खोजी पत्रकारिता अझै पनि ओझेलमा परेको उल्लेख गर्दै त्यसतर्फ पत्रकारहरूलाई सक्रिय बन्न आह्वान गरे।

मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा भएको  कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका इन्चार्ज टिकाबहादुर बस्नेत, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सदस्यद्धय नवराज शर्मा, शान्ता खनाल, नागरिक समाज देउखुरीका पुर्व संयोजक दामोदर भण्डारी, सामुदायिक वन उपभोक्ता महासंघका पुर्व केन्द्रिय सदस्य डिलाराम पौडेल, थारु साहित्य संस्कृति प्रतिष्ठानका केन्द्रिय अध्यक्ष छविलाल कोपिला, नेपाल पत्रकार महासंघ दाङका सदस्य टेकबहादुर पुन, कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जोहोरमान मियाँ, अग्रज पत्रकार धर्मराज शर्मा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मञ्चका प्रमुख संरक्षक महेश रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए । मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको स्वागत मन्तव्यबाट सुरु भउको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]