१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

बरिष्ठ सईबाट इन्सपेक्टर पदमा हालै पदोन्नति भएका ६० जना इन्सपेक्टरहरूले दर्ज्यानी चिन्हद्वारा सुशोभित

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ११, २०८२

 

काठमाडौं । प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा हालै पदोन्नति भएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्।

उनिहरू नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयअनुसार बढुवा भएका हुन्।

प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामुहिक भावनाका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!