२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मकवानपुरमा नवनिर्मित महिला प्रहरीको व्यारेक भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ११, २०८२

मकवानपुर । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौंडाको विनियोजित बजेटबाट यस जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र नवनिर्मित महिला ब्यारेक भवन आज मिति २०८२ बैशाख १० गते बुधवार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरजचन्द्र लामिछाने ज्यूको प्रमुख आतिथ्यतामा समुद्‍घाटन कार्याक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा हेटौंडा उप-महानगरपालिकाका प्रमुख मीना कुमारी लामा ज्यु, प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठज्युबाट शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै प्रमुख अतिथि ज्यूबाट नवनिर्मित महिला भवन निर्माण कार्यमा योगदान पर्‍याउनु हुने गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवन कुमार मिश्र ज्यूलाई प्रशंसा पत्र तथा प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फिलाल साहलाई प्रशंसा पत्र सहित नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.श्री कृष्ण हरि शर्मा ज्यूबाट उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भई कार्यक्रम समापन भएको ।
महिला व्यारेक भवन निर्माणको लागि मुल्य अभिबृद्धि कर सहित रु.१,९१,०९,०४२/०३ (एक करोड एकान्नब्बे लाख नौ हजार बयालीस) मा निर्माण सम्पन्न गर्ने गरी मिति २०८० साल असोज ०८ गते Gauriganesh Construction, Gaur-9 Rautahat र जिल्ला प्रहरी कार्यालय मकवानपुर बीच निर्माण सम्झौता भएता पनि केहि डिजाइनहरु थपघट भएकोले परिमार्जित सम्झौता रकम रु. १,९५,७३,१४०/९१ (एक करोड पन्चान्नब्बे लाख त्रिहत्तर हजार एक सय चालिस) को लागतमा निर्माण सम्पन्न भएको हो ।
यस महिला व्यारेकको भवन RCC फ्रेम स्ट्रक्चर अबधारणा अनुसार ५०४.०९ बर्ग मिटर क्षेत्रफलमा तीन तल्ले निर्माण गरिएको छ । यस भवनको भुई तल्लामा ब्यारेक-२, सभाहल-१ र शौचालय/स्नान गृह-२, पहिलो तल्लामा शौचालय र स्नानगृहको सुविधा सहित प्र.ह./प्र.ज.महिला ब्यारेक-२ वटा र दोस्रो अर्थात अन्तिम तल्लामा जु.प्र.अ महिला ब्यारेक-१ वटा, शौचालय/ स्नान गृह सहित सि.प्र.अ. महिला व्यारेक-१ , शौचालय र स्नान गृह-२ वटा व्यवस्थापन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]