२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

उपत्यका ट्राफिक प्रहरी कार्यालयले व्यक्तिमाथि कुटपिट कार्यमा संलग्न ४ जना ट्राफिक प्रहरीलाई कार्वाही

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ११, २०८२

काठमाडौं । ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ ।

उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ ।

ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ । सार्वजनिक भिडिओ काठमाडौं उपत्यकाकै रहेको जस्तो देखिन्छ । सडकमा बाक्लो भिडभाड र कीर्तिपुर यातायात लेखेको बस समेत देखिएका कारण भिडिओ काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको हो ।

वरपर बाक्लो रुपमा मोटरसाइकल पनि देखिन्छन् । यो भिडिओ कहाँको र कुटपिट गर्ने ट्राफिक प्रहरी को हुन् भन्नेबार यकिन भइसकेको छैन ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी बिनोद घिमिरेले पनि अहिलेसम्म कुटपिट गर्नेको पहिचान भइनसकेको बताए ।

‘काठमाडौंको जस्तो देखिए पनि यकिन भएको छैन । जाडोमा लगाउने युनिफर्म ज्याकेट लगाएकाले यो भिडिओ अहिलेको नभएर जाडोयामको हुनसक्छ,’ एसएसपी घिमिरेले भने, ‘यद्यपि भिडिओ सार्वजनिक भएपछि बुझ्ने काम भइरहेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]