२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

सशस्त्र प्रहरी बलका ११ जना डीआईजीहरुको सरुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ११, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका डीआईजीहरूको सरुवा गरेको हो।हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डीआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ। यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ।
यसैगरी, मधेस प्रदेशको छिन्नमस्ता बाहिनीमा डीआईजी कृष्ण ढकाल, बागमती प्रदेशको गढिमाई बाहिनीमा अन्जनी पोखरेल, गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा दिपेन्द्र साह र लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ।त्यस्तै, गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाललाई वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ। वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोत विभागमै सरुवा गरिएको छ।कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट भने हाल कंगो मिसनमा रहेकाले उनको सरुवा गरिएको छैन। सुदूरपश्चिम प्रदेशको वैद्यनाथ बाहिनीमा भने डीआईजी प्रदीप पाल सरुवा भएका छन्।

छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ। अब सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी पनि धौवजीले सम्हाल्ने भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ […]

चियाको सेवन गर्नु फाइदा बेफाइदाहरु काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन २८, बुधबार) देशका कुन-कुन ठाउँमा बाढी आउने र जोखिम निम्तिने सम्भावना छ भनेर जानकारी दिएको छ। बाढी महाशाखाका अनुासर आज बिहान मापन गर्दा कोसीको सहायक नदी, महाकाली र बबई नदीको बहाव सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली, कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको […]

error: Content is protected !!