२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरी बलका ११ जना डीआईजीहरुको सरुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ११, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका डीआईजीहरूको सरुवा गरेको हो।हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डीआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ। यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ।
यसैगरी, मधेस प्रदेशको छिन्नमस्ता बाहिनीमा डीआईजी कृष्ण ढकाल, बागमती प्रदेशको गढिमाई बाहिनीमा अन्जनी पोखरेल, गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा दिपेन्द्र साह र लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ।त्यस्तै, गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाललाई वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ। वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोत विभागमै सरुवा गरिएको छ।कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट भने हाल कंगो मिसनमा रहेकाले उनको सरुवा गरिएको छैन। सुदूरपश्चिम प्रदेशको वैद्यनाथ बाहिनीमा भने डीआईजी प्रदीप पाल सरुवा भएका छन्।

छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ। अब सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी पनि धौवजीले सम्हाल्ने भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]