२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

शुक्रबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

 

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र
984806079

मेष -आज आत्मविश्वास बढ्नेछ। बोलिमा माधुर्यता राख्नुभयो भने काम सहजै बन्न सक्छ। सानो यात्राको योग छ। खर्चमा संयमता आवश्यक छ।

वृष -पुराना मित्रसँग भेटघाट होला। मनमा आशा पलाउने दिन हो। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। प्रेम र स्नेहमा प्रगाढता बढ्नेछ।

मिथुन -कामको चाप बढ्न सक्छ, तर प्रयास अनुसार परिणाम पनि आउनेछ। ठूलाबडाको सुझाव उपयोगी हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोस।

कर्कट -धार्मिक वा सांस्कृतिक कार्यक्रममा सहभागी हुने मौका मिल्न सक्छ। पढाइ वा अध्ययनमा प्रगति हुने समय हो। यात्राबाट लाभ मिल्नेछ।

सिंह -परिवारमा खुसी छाउनेछ। मन रमाउने खालको काम गर्न पाइनेछ। यद्यपि, निर्णय लिनुअघि सोचविचार गर्नुपर्छ। अरुको कुरामा नपर्नु राम्रो।

कन्या -पुरानो कामलाई नयाँ ढंगले अगाडि बढाउन सकिनेछ। व्यापारमा गति आउने सम्भावना छ। आत्मबलले कठिन कार्य पनि सहजै सुल्झन सक्छ।

तुला -पारिवारिक जिम्मेवारी बढ्नेछ। मन अलमलिन सक्छ, तर साथीहरूको सहयोगले राहत मिल्नेछ। नयाँ सम्पर्क भविष्यमा लाभदायक हुनेछ।

वृश्चिक -विवेकले काम गर्दा सफलता मिल्नेछ। कुनै अधुरो काम सम्पन्न हुनसक्छ। आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना देखिन्छ।

धनु -साहस र लगनशीलता बढ्नेछ। अध्ययन वा व्यवसायमा उत्साहजनक उपलब्धि मिल्नेछ। पारीवारिक समर्थन पाइने दिन हो।

मकर -धैर्य र संयमता आवश्यक छ। आम्दानी भन्दा खर्च बढ्ने सम्भावना छ। झिना विवाद टार्न मौनता नै उपयुक्त होला।

कुम्भ -कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा लाग्नेलाई राम्रो समय हो। नयाँ विचारले कामको गति बढाउनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

मीन -मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ। कुनै शुभ समाचार सुन्न सकिने दिन हो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!