२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

वीरगंज यातायातको मिलोमतोमा लाइसेन्स बिक्री हुँदै पैसा लिएर प्रमुख साह र दलालको सेटिङ्ग अख्तियार मौन

Logo
ABC (भन्डाफोर) प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

पर्सा । वीरगंज मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा काज सरुवामा आएका कुशेश्वर साहले वीरगंजस्थित यातायात व्यवस्था कार्यालयमा खुलेआम घूस कारोबार सुरु गरेका छन्। प्रमुख साहको नियुक्तिपछि एक महिनामै कार्यालय ‘घुसको अड्डा’ मा रूपान्तरण भएको सेवाग्राहीको गुनासो छ।

चैत १५ गते हाजिर भएका प्रमुख साहले आएका केही दिनमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण पूरै सेटिङमा परिणत गरेका छन्। कानुनी प्रक्रिया पुरा गरेर लाइसेन्स लिने नागरिकले अन्याय भोगिरहेका छन् भने, आर्थिक चलखेल गर्न सक्नेहरू सजिलै पास भइरहेका छन्।

सूत्रका अनुसार, साहको निर्देशनमा दलाल राजकुमार लगायतको समूह सक्रिय छ। ट्रायल, लिखित परीक्षा तथा सवारी वर्गअनुसार निश्चित ‘दररेट’ मा लाइसेन्स बेचबिखन सुरु भएको छ। स्कुटरदेखि ट्रक, मेसिनरीसम्मको लाइसेन्सको मूल्य १० हजारदेखि ६० हजार रुपैयाँसम्म तोकिएको छ। ट्रायलमा फेल भएकासमेतले पैसा बुझाए पास प्रमाणपत्र पाउँछन्।

आज १२ गते शुक्रवार हुने F – (मिनीबस, मिनीट्रक) तथा वर्ग G (ट्रक, बस, लहरी) E ट्रयाक्टर र भोलि १३ गते शनिबार हुने J1 – एक्साबेटर, J2 – ब्याकहोइ लोडर, J3- ग्रडर, J4 – फोर्कलिफ्ट, H1-डोजर, H2- रोड लोडर, I1- क्रेन, I2- फायरबृगेड, I3- लोडर नयाँ तथा थप (मेसिनरी सवारी) को ट्रायल अगाडि नै अग्रिम घूस संकलन भइरहेको छ। ट्रायलको नाममा चलिरहेको यो नांगो भ्रष्टाचारमा प्रमुख साह र उनका दलालको भूमिका अत्यन्तै खतरनाक र घातक देखिएको छ।

यो सबै सेटिङ मन्त्री रायको प्रत्यक्ष संरक्षणमा भइरहेको देखिन्छ। मन्त्रीलाई मोटो रकम बुझाएर वीरगंजको प्रमुख बनेका साहले आफ्नो ‘लगानी’ उठाउने र दह्रो कमाइ गर्ने अभियान तीव्र बनाएका छन्। यसअघि लहानमा पनि विवादित काम गरेका साहले वीरगंजमा दलाल परिचालन गरेर ट्रायल फेल भएकालाई समेत लाइसेन्स बाँडिरहेका छन्।

अर्को गम्भीर आरोप अनुसार, प्रमुख साहले केहि वर्ष पहिला वीरगंजमा कार्यरत रहदा मिलेमतोमा अर्काको पिकअप अर्कैको नाममा नक्कली कागजात बनाइ बिक्री गरिएको प्रमाणसमेत समाचारमा बाहिर आएको थियो । यस्ता अनेकौं गम्भीर, आपराधिक र भ्रष्ट क्रियाकलापमा संलग्न साहले कानुनको खिल्ली उडाइरहेका छन्।

यो अवस्था रहेसम्म, कानुनी रूपमा ट्रायल दिई लाइसेन्स पाउने नागरिक सधैं पछाडि पर्नेछन्। र, सवारी नचलाउन जान्ने अयोग्य व्यक्तिहरूले सडकमा गाडी हाँक्ने अवस्था भयावह बन्नेछ। यस्तो भ्रष्टाचार र गैरकानुनी कार्यमा संलग्न अधिकारीमाथि तत्काल छानबिन र कारबाही हुनु जरुरी देखिन्छ।

यस विषयमा वीरगंज यातायात कार्यालयका प्रमुख साहसँग सम्पर्क गर्दा उनले नम्बरमा कल्ल फर्वाड गरेकोले फोन सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]