०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले एक हप्ताभित्र दर्ता नभएका फेसबुक बन्द हुने चेतावनी

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

 

काठमाडौं । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक–पटक सूचना जारी गरे पनि नमानेको बताए ।

उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए ।

मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए ।

उनले मेटाले नेपालको कुल जिडिपी भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे ।

उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!