१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार

Logo
राहुल गुप्ता प्रकाशित शुक्रबार, बैशाख १२, २०८२

 

पर्सा । बिरगंज सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाले माछा व्यवसायीलाई दुःख दिएका छन् । पीडित पक्षका अनुसार, पूर्ण कागजात र बिल हुँदाहुँदै पनि डिएसपी सुब्बाले माछा बोकेको गाडी रोकेर माछा जफत गरी भन्सार कार्यालयमा बुझाएका छन्।

घटना बैशाख १० गतेको हो। बीरगंजको नागवा क्षेत्रमा सञ्चालनमा रहेको ‘आरभ फिस सप्लायर्स बाट माछा लोड गरेर निस्किएको पिकअप गाडी नम्बर प्रदेश ०३–००१ च ७९९२ का चालक सरोज सहनी मलाहाले नवलपरासी र कास्कीसम्म माछा पुर्‍याउने योजना बनाएका थिए। उनी बीरगंज महानगरपालिका वडा नं. २५, ड्राईपोर्ट सिरिसियास्थित आफ्नै घरमा छोटो पाटीमा सहभागी भएर राती २ बजे माछा लिएर निस्किएका थिए।

तर ड्राईपोर्टबाट परवानीपुर जाने क्रममा सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाले गाडी रोकेर चालकसँग कागजात र बिल मागे । चालकले तत्कालै माछाको बिल देखाए पनि डिएसपी सुब्बाले उक्त बिललाई अटेर गर्दै माछा सहितको गाडी नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालय बुझाएका थिए।

आरभ फिस सप्लायर्सका सञ्चालक प्रकाश कुमार साहका अनुसार, व्यवसायिक प्रयोजनका लागि विधिपूर्वक बनाइएको बिल र सम्पूर्ण कागजात प्रस्तुत गर्दा पनि माछा जफत गरिनु अन्यायपूर्ण र दुराशयपूर्ण कार्य हो। उनले सशस्त्र प्रहरीले व्यापारी र चालकलाई डर, त्रास र मानसिक तनाव दिने कार्य गरेको भन्दै विरोध जनाएका छन्।

उनले थपे, “हामी वर्षौंदेखि व्यवसाय गर्दै आएका छौं। सबै प्रक्रिया अनुसार बिल बनाउने, कर तिर्ने गरेका छौं। तर डिएसपी सुब्बाको यो व्यवहारले हामीजस्ता व्यापारीहरु अपमानित र निरुत्साहित भएका छौं।”
व्यवसायीको गुनासो अनुसार, यो कार्यले माछा व्यापारी डर र त्रासमा छन् । माछा नष्ट हुने संवेदनशील वस्तु भएकाले ढिलाइ वा अनावश्यक रोकावटले ठूलो आर्थिक क्षति पुर्‍याउने व्यापारीहरूको भनाइ छ।

डिएसपी सुब्बाको तर्फबाट भने यस घटनामा आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। तर व्यवसायी र चालकको भनाइ अनुसार, माछाको बिल देखाउँदा पनि गाडी रोकिनु र मालसामान भन्सारमा बुझाइनु गैरजिम्मेवारपूर्ण कार्य हो । व्यवसायी पक्षले यस विषयमा सम्बन्धित निकायमा लिखित उजुरी दिने तयारी गरिरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!