१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

दाङमा ससुराको हत्या गरी १५ वर्ष फरार रहेका हदम्याद सकिनैलाग्दा तुल्सीपुर प्रहरीद्वारा पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख १४, २०८२

दाङ । २० वर्षअघि ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई हदम्याद सकिन केही महिना बाँकीछँदा दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टरिगाउँ बस्दै आएका ३९ वर्षीय वीरबहादुर गुरुङ छन् ।

रोचक त के छ भने १५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएर प्रहरीकै पोल्ट्रीफार्ममा काम गरिरहेका थिए । यो कुरा गोप्य सूचनाको आधारमा पत्ता लागेपछि २०८२ सालको वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

पेण्डिङमा थियो केस, साउनमा सकिँदै थियो हदम्याद
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार गुरुङको घर दाङ तुलसीपुरको बरुवागाउँ हो । उनले आपसी विवादमा २०६२ साउन १४ गते तुलसीपुरकै अश्वारा घर भएका ससुरा काशीराम विकको हत्या गरेर श्रीमतीसहित फरार भएका थिए ।

भारत गएर उनी कहिले लुधियाना र कहिले बहराइचमा बसे । ‘१५ वर्षसम्म भारतमा बसेका उनी त्यहाँ गाडी चलाउने काम गर्दथे । यसबीचमा लुकिछिपी दाङ आउने गरेका उनी पछिल्लो समय तुलसीपुरको टरिगाउँमा बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरी
पछिल्लोपटक दाङ आएपछि उनि खोजिको शिलशिलामा जुटे । त्यसैक्रममा आरोपित शुभलक्ष्मी पोल्ट्री फार्मको गाडी चलाउने गर्दथे । यहाँनेर रोचक के छ भने त्यो पोल्ट्री फार्म एकजना प्रहरी हबल्दारका बुवाको थियो । जब उनको पोल खुल्यो, अनि पक्राउ परे ।

‘काशीराम विकको हत्याको यो केस पेण्डिङमा थियो,’ डीएसपी ठकुरीले भने, ‘कर्तव्य ज्यान मुद्दाको २० वर्षे हदम्याद साउनमा सकिँदै थियो । तर हत्यामा संलग्न बीरबहादुरलाई पक्राउ गर्न हामी सफल भएका छौं ।’

उनले थपे, ‘हत्या भएको लामो समय भइसकेकाले सायद अब यो केस मिलिसक्यो, मलाई केही हुँदैन भन्ने लाग्यो होला उसलाई, तर अपराधी केही दिन भागे पनि प्रहरीले उम्किन दिँदैन भन्ने उदाहरण हो यो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!