२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

शिक्षक र प्रहरी बीचको झडपमा लाठी तथा पानीको फोहोर लागेर दर्जन बढी शिक्षकहरू घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख १४, २०८२

काठमाडौँ । दिनहुँ झैँ आज पनि शिक्षक तथा विद्यालय कर्मचारीहरू माइतीघर मण्डला–नयाँ बानेश्वर सडक खण्डमा विरोध प्रदर्शनका लागि निस्किए । विगत २५ दिनसम्म माइतीघरबाट हिँडेर नाराबाजी गर्दै नयाँ बानेश्वरस्थित एभरेस्ट होटल नजिकैको सडकमा कोणसभा गर्दै आएका थिए । त्यही शिक्षक नेताहरू भाषण गर्दै प्रदर्शन सकिँदै आएको थियो । तर, आज भने त्यही सडक खण्डमा एकाएक अशान्त बन्यो ।

बानेश्वरस्थित प्रहरीले तोकेको निषेधित क्षेत्रमा प्रहरी र आन्दोलनरत शिक्षकहरू झडप भयो । प्रहरीले लाठी र पानीको फोहोर प्रहार गरेको थियो भने शिक्षकहरूले सडक छेउछाउमा रहेको ढुङ्गा प्रहार गरेका थिए । प्रहरीको लाठी तथा पानीको फोहोर लागेर दर्जन बढी शिक्षकहरू घाइते भएका छन् ।

दिनहुँ शान्तपूर्वक आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने आक्रोशित देखिए । सुरुमा शिक्षकहरूले निषेधित क्षेत्रमा राखिएको ब्यारिकेट फाल्न खोजेका थिए । नाराबाजी गर्दै ब्यारिकेट फाल्न थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । शिक्षकहरूले ‘केपी ओली तिम्रो पाराले, दुःख पायो साराले,’ गृहमन्त्री राजीनामा दे, जस्ता नारा लगाउँदै थिए । सयौँको सङ्ख्यामा रहेका शिक्षकहरूले एकाएक ब्यारिकेट फाल्न थाले । प्रहरी रोक्न खोज्ने, शिक्षकहरूले ब्यारिकेट हटाउने प्रयास गरिरहे ।

एकछिनको घम्साघम्सीपछि शिक्षकहरूले उक्त ब्यारिकेट हटाउन सफल भए । उनीहरूले ब्यारिकेट हटाएपछि प्रहरीले पानीको फोहोरा प्रहार गर्‍यो । पानीको फोहोरा प्रहार गर्दै प्रहरीले लाठी समेत प्रहार गर्न थाल्यो । त्यसपछि आन्दोलनकारी शिक्षकहरूले समेत प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थाले ।

प्रहरीको लाठी र पानीको फोहोरा लागेर एक दर्जन बढी शिक्षकहरू घाइते भएका छन् । नेपाल शिक्षक महासङ्घका महासचिव तुलाबहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरूको उपचार भइरहेको बताए । बढी चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलन स्थलमै उपचार भइरहेको छ ।

आन्दोलन उग्र बनेपछि घुसपैठ गरेको भन्दै आफ्नै साथीहरूलाई समेत नियन्त्रणमा लिएका छन् । घुसपैठ गरेको भन्दै शिक्षकहरूले आन्दोलन गर्दै आएका शिक्षकलाई नै नियन्त्रणमा लिएका हुन् । महासङ्घका महासचिव थापाले घुसपैठ गरेको आन्दोलनरत शिक्षकहरूलाई नियन्त्रणमा लिने काम भइरहेको भन्दै त्यसलाई रोक्न भनेका छन् ।

माइकिङ गर्दै उनले घुसपैठ गरेको भन्दै शिक्षकहरूलाई नै नियन्त्रणमा लिने काम भएको भन्दै उनीहरूले परिचयपत्र हेरेर छाड्न भनेका हुन् ।

प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेपछि आन्दोलनरत शिक्षकहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका शिक्षकहरू आज भने आक्रोशित भएका हुन् । शान्तिपूर्ण आन्दोलन गर्दा सरकार कानमा तेल हालेर बसेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]