२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

काठमाडौंमा बसको ठक्करबाट एक युवतीको मृत्यु बसमा आगजनी र तोडफोड

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

काठमाडौँ पुस ७ सोमबार बिहान काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
बिहान करिब पौने ६ बजे बा४ख ५९२० नम्बरको बसले पैदल हिँडिरहेकी २२ वर्षीय सृष्टि पन्तलाई ठक्कर दिएको थियो । गोरखा घर भइ धुम्बाराही बस्दै आएकी पन्तलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा उनको निधन भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी जीवनकुमारले जानकारी दिए ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
मृतक पन्त चाबहिलस्थित पशुपति वहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् । आफ्नो सहपाठीको मृत्युपछि सो क्याम्पसका विद्यार्थीहरु सडकमा विरोध प्रदर्शन गरिरहेका छन् ।
आक्रोसित विद्यार्थीले बा४ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा३ख ४४३३ नम्बरको बस तोडफोड गरेका छन् । प्रहरीले आगजनीमा संलग्न केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]