२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जिल्ला अदालत दाङले बलात्कार कसुरमा युवा वैज्ञानिक रोकालाई सात वर्षको कैद फैसला

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १६, २०८२

दाङ । घोराही दाङका युवा वैज्ञानिक मार्शल रोकालाई बलात्कार कसुरमा अदालतले सात वर्ष कैद फैसला गरेको छ । ३२ वर्षिय महिलालाई बलात्कार गरेको कसुरमा घोराही उपमहानगरपालिका वडा नम्बर १६ का २८ वर्षिय रोकालाई जिल्ला अदालत दाङले सात वर्ष कैद फैसला गरेको हो ।

जिल्ला न्यायधिस तेजनारायण पौडेलको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद, तीन लाख जरिवाना, ४० हजार क्षतिपुर्ति र १ हजार ३ सय राहत कोषमा जम्मा गर्ने फैसला गरेको अदालतका श्रेष्तादार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

पिडितले बलत्कारको कसुरमा २०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । प्रहरीले आरोपित रोकालाई जेठ १७ गते घरबाटै पक्राउ गरी २०८० असार १० गते जवरजस्ती करणीसम्बन्धि मुद्धा चलाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!