१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

दाङ तुलसीपुर उपमहानगरपालिकाको गाडीले स्कुटरलाई ठक्कर दिँदा ४ वर्षीया बालिकासहित २ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख १६, २०८२

दाङ । तुलसीपुर ६ सुकौरा रोडको पानी टयाङ्की नजिकै रा. १ झ १४२ नम्बरको गाडीले प्र.२००१ प १६७९ नम्बरको स्कुटरलाई आज बिहान ९:२० बजे ठक्कर दिएको इप्रका तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर सूर्य रानाले बताए ।

गाडीको ठक्करबाट स्कुटर चालक तुलसीपुर-५ का ४२ वर्षीय शंकर रेग्मी र उनकी नातिनी ४ वर्षकी प्रिन्स बुढाथोकी घाइते भएका छन् । शंकरको खुट्टामा र प्रिन्सको टाउको, छाती, मुख र निधारमा चोट लागेको छ । घाइते दुवैको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

उक्त सरकारी गाडी यान्त्रिक शाखा प्रमुख रेवा रावतले चलाएकी थिइन् । गाडी दुर्घटना हुनेबित्तिकै रावत घटनास्थलबाट भागेको र चालकले नै गाडी चलाएको देखाएर घटना मोड्न खोजेको भन्दै स्थानीयले विरोध गरे ।

प्रहरीले रेवालाई नै पक्राउ गरेको छ । उनीसँग लाइसेन्स नभएको र ड्राइभरलाई सँगै राखेर सिक्दै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!