धनकुटाबाट सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध गाँजासहित एउटा कार पक्राउ
धनकुटा । बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनाबाट धरानतर्फ जाँदै गरेको कार सशस्त्र प्रहरीले जाँच गर्न खोज्दा भागेको थियो ।
जाँचकै क्रममा भागेको को२प १७३४ नम्बरको कारलाई प्रहरीले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो ।
चालक फरार रहेको उक्त कारबाट १२ वटा पोकामा प्याक गरिएको ४२१ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।