२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट आफैं पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख १७, २०८२

 

काठमाडौं । स्रोतका अनुसार उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

सर्वोच्चका अधिकृत बिष्टले प्रहरीलाई पत्र लेख्दै रेशम चऔधरीलाई पक्राउ गर्न पठाएका थिए । उनले लेखेको पत्र अनाधिकृत भएको भन्दै उनलाई हिरासतमा लिइएको बताइएको छ । उनले लेखेको पत्रकै आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लिबजार कारागार चलान गरेको थियो ,

रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।

सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको थियो । उनले आफ्नै विवेकले पत्र लेखेको बयान दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]