२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

नवनियुक्त ६५ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख १९, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

२०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण हुनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ११ गतेको निर्णयले वैशाख १४ गतेदेखि लागू हुने गरी उहाँहरू प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी निरीक्षक विरेन्द्र कुमार कोईरालालाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक थापाले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदीय मर्यादालाई मनन गरी आगामी दिनमा अझ बढी अनुशासित थप परिष्कृत एवम् व्यावसायिक भई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले वहन गर्न निर्देशन दिनुभयो । नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]