२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

विराटनगरको एक होटलमा नेपाल प्रहरीका ३ जना बहालवाला (इन्सपेक्टर) बिच कुटाकुट

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख १९, २०८२

मोरङ । विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर)बिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । प्रहरी संगठनभित्रैबाट घटनालाई दबाउन खोजेपनि सार्वजनिक भएको हो ।

प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका सन्तोष खड्काबिच कुटाकुट भएको हो ।

तर, घटना एक साताअघिको हो । उनीहरु तीनैजना खानपानको लागि भनेर साँझपख एक होटलमा पुग्छन् । खानपिनको क्रममा मदिरा सेवनपछि आपसी भनाभन हुँदै झगडा भएपछि हात हालाहालको स्थिति बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सुरुमा इन्स्पेक्टर लम्सालले खनाल र खड्कामाथि हातपात गरेको बुझिएको छ ।अवस्था बिग्रिएपछि इन्स्पेक्टर खनालले जिल्ला प्रहरी कार्यालयबाट युनिट बोलाउँछन् । तर, स्थिति नियन्त्रण गर्न पुगेको टोलीमाथि समेत लम्सालले आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले बताए ।

स्थिति नियन्त्रणमा लिँदै खनाल र खड्काले त्यहाँ आएका प्रहरी टोलीको सहयोगमा लम्साललाई ट्राफिक कार्यालयमा लैजान्छन् । त्यहाँ पुगेपछि पनि लम्साल झगडा गर्न छाड्दैनन् । कार्यालयमा रहेका सहायक हवल्दार सन्जय भट्टराईमाथि जाइलाग्छन् ।

इन्स्पेक्टर लम्सालको कुटपिटबाट भट्टराईको नाक र मुख फुटेर रगत आउँछ । केही समयपछि वातावरण शान्त हुन्छ । लम्साल आफ्नो क्वार्टरमा सुत्न गएपछि इन्स्पेक्टरद्धय खनाल र खड्का पनि आ-आफ्नो गन्तव्यतिर लाग्छन् ।

घटनाको सम्बन्धमा उनीहरुले कुनै असामान्य घटना नभएको दाबी गरेका छन् ।

यस सम्बन्धमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले आफ्नो कार्यालयको मातहत रहेको जिल्ला ट्राफिक कार्यालयका इन्स्पेक्टर लम्सालको हर्कत र कुटपिटको घटना सम्बन्धमा जानकारी प्राप्त भएको बताए ।

तीनजना इन्स्पेक्टरबिचको झडप, कुटपिटको घटना र यसमा अन्य दर्जाका प्रहरीमाथि पनि आक्रमण गरेको घटनालाई ढाकछोप गर्ने र गोप्य राख्ने प्रयास गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]