२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

३ दिन नेपालका विभिन्न भागमा पानी,चट्याङ र हिउँ पर्ने सम्भावना मौसम पूर्वानुमान महाशाखा,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, बैशाख २०, २०८२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको भिडियो बुलेटिनका अनुसार आज देशका हिमाली क्षेत्रका केही स्थानमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ भने पहाड र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना समेत रहेको छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव परेकाले नेपालको मौसममा बदलाव आएको महाशाखाले जनाएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार आइतबार र सोमबार पनि मौसम पूर्णरुपमा सफा हुने देखिएको छैन । ‘यी दुवै दिन देशका हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।’ लामिछानेले भने ।

मेघ गर्जनसहितको वर्षा, चट्याङ र हिमपातको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने अनुमान गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]