१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको ९ लाख ५९ हजार गाडीसहित ३ जना भारतीय नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख २०, २०८२

पर्सा । बिरगंज भारत जि.पश्चिम चम्पारण बेतिया ग्राम पंचायत वडा नं.-७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद,भारत जि.पश्चिम चम्पारण जौकटिया ग्राम पंचायत वडा नं.-१२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी र भारत जि.पश्चिम चम्पारण, छाउनी चोक ग्राम पंचायत वडा नं.-२७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको रक्सौलबाट नेपाल तर्फ आउँदै गरेको BR 22 P 8300 नम्बरको सेतो रङ्गको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीको सिट पछाडिको पकेट भित्र लुकाई छिपाई ल्याएको श्रोत नखुलेको नेपाली रुपैयाँ रु. ९लाख५९हजार रुपैया सहित गाडी तथा गाडीमा सवार मानिसहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता एवम सशस्त्र प्रहरी नायब उपरीक्षक दिबेन्द्र सिंहले जानकारी दिए।

उक्त पक्राउ परेका रकम र मानिसहरु सहित स्कार्पियोलाई भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!