१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

दाउन्नेको सडकमा पानी परेर बाटो चिप्लो हुँदा पूर्णरूपमा अवरुद्ध घन्टौं जाममा फसे यात्रुहरु

Logo
ABC (भन्डाफोर) प्रकाशित आइतबार, बैशाख २१, २०८२

नवलपरासी । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ। शनिबार रातीदेखि भएको वर्षाले राजमार्ग  हिलो भएर गाडी फस्दा दुबैतर्फ यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए।

बाटो चिप्लो हुँदा यातायातका साधन चल्न सकेका छैनन्। जसका कारण घन्टौं जाममा बस्न यात्रु बाध्य भएका छन्।

सूचना अधिकारी नेपालले  बाटो चिप्लो भएका कारण यातायातका साधन चल्न निकै मुस्किल भएको बताए।  बाटो बिस्तारको क्रममा ठाउँ ठाउँमा डाँडा कटानको काम भएको र कल्भर्ट निर्माणका लागि खाल्डो खनिएकाले पानी परेपछि बाटोमा हिँड्न निकै नै कठिनाइ भएको हो  ।  सयौं यातायातका साधन र यात्रुहरू शनिबार रातीदेखि नै जाममा छन्।

सडक निर्माणका लागि भन्दै  राति ११ बजेदेखि  बिहान ५ बजेसम्म बाटो बन्द गरिँदै आएको भए पनि वर्षा भएपछि यो कामसमेत प्रभावित हुँदै आएको छ। बाटो बिग्रंदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र अवस्थामा छ्न्। जिल्ला प्रहरी कार्यालय नवलपुरले बाटो मर्मत गरेर यातायात सहज संचालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!