१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

सरकारले नदेखेको बाटो गाउँलेहरु भन्छन नेताले हामीलाई भोटका लागिमात्रै प्रयोग गरे स्थानीयहरु सडक आन्दोलनमा

Logo
बिदुर एमसी प्रकाशित आइतबार, बैशाख २१, २०८२

दाङ । गढवा गाउँपालिका १ नम्बर वडामा धेरैवर्ष भयो, बनघुस्री र पत्रिङातिरका मान्छेलाई न अरुले चिन्छन् न त उनीहरूले नै आफूहरु एकले अर्कोलाई चिन्छन् । घरमै अथवा गाउँमै यसरी एकले अर्कोलाई चिन्न नसक्नु आफैंमा विडम्बनापूर्ण कुरा हो । गाउँमा आफ्नै घर अगाडिको हुलाकी सडक छ । सडकमा दिउँसो मात्रै होइन राति पनि अनगिन्ती गाडीहरू हुइँकिएर कुँद्ने गर्छन् । यसरी गाडी गुड्दा होस् कि हावा चल्दा होस् धुलो उडेर कुहिरो लागेको जस्तो हुन्छ । त्यहाँ वरपर केही देखिंदैन । त्यही धुलोले गर्दा बनघुस्री पत्रिङा गाउँमा घपक्कै ढाक्छ । चाहे सडकमा हिँड्ने यात्री, चाहे घरमा धुलोले ढाकेर उसको पहिचान नै बदलिएको हुन्छ । अनि कसरी चिन्नु एउटाले अर्कोलाई ।

यसरी धुलोले ढाकेर मान्छेको पहिचान नै फेरिने समस्या केवल बनघुस्री र पत्रिङाका गाउँलेकाे मात्रै कहाँ हाे र । गढवा गाउँपालिका वडा नम्बर एकमा पर्ने अधिकांश गाउँलेहरुको यस्तै दुर्दशा छ । वडाको पश्चिममा रहेको जेठान गाउँदेखि लिएर मलमला कालाकाटे सम्मका गाउँको यही अवस्था देखिन्छ ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा रहेर पनि वर्षऔंदेखि त्यस क्षेत्रमा समस्या जस्तोको तस्तै छ । गाउँमा बसोबास गर्ने र त्यो सडकमा आवतजावत गर्ने जोकोहीले पनि त्यस्तै धुलोले गर्दा आफ्नो हुलिया, पहिचान गुमाएको जस्तो लागिरहेछ । दाङ जिल्लाको देउखुरी उपत्यका सुगम ठाउँमा पनि यसरी राज्यका तीनवटै सरकारले आफूहरूलाई सौतेनी आमापट्टीको झैँ व्यवहार गरेकोमा साह्रै दुखित छन् गाउँलेहरु ।

उनीहरू भन्छन्, चुनाव आयोभने थुप्रै नेताहरु घर दैलोमा हात जोड्दै भोट माग्न आउँछन् । पटकपटक आउँछन्, दुई चारदिन बास पनि बस्छन् । तर चुनाव जितेर गएपछि गाउँलाई फर्केर नहेर्दा यस्तो अवस्था भएको ।

गढ्वा गाउँपालिकाको वडा नम्बर एकमा थुप्रै क्रसर उद्योगहरु चलिरहेका छन् । नजिकैको राप्ती नदीबाट वर्षेनी अर्वौँ खर्वौँको नदिजन्य वस्तुहरु उत्खनन गरेर बिक्रि वितरण हुन्छ । त्यही माल ढुवानी गरेका सयौं टिप्पर ट्र्याक्टरहरु त्यही सडकमा ओहोरदोहोर गर्दा त्यसको आवाजले र उडेको धुलोले आरामशीत सुत्न पनि नसकिने दयनीय दिनचर्या छ । कोही कसैले पनि त्यो सडक कालोपत्र गर्नेमा ध्यान दिएका छैनन् ।

सडकमा उडेको धुलोले मान्छेलाई मात्रै होइन । घरमा भएका खानेकुरा, कपडा, ओछ्यान, भाँडाकुँडा र अन्य सामानहरु धुलोले ढाकिएको हुन्छ । मानिसहरु आँखा, फोक्सो र मुटु लगायतका रोगका शिकार बन्नुपरेको गुनासो छ । वडामा रहेका क्रसर उद्योगहरुको ठाडो दादागिरी चलेको उनीहरू बताउँछन् । केही बोल्योभने उल्टै खर्लप्पै खाउँला जस्तो तरिकाले सातो खान्छन् भन्ने त्यहाँ गाउँलेको पीडा छ ।

बाँके जिल्लाको नेपालगञ्जबाट शुरु भएर सिक्टा अगैया, दाङ देउखुरीको राजपुर, बेला, गढवा, कालाकाटे हुँदै कपिलवस्तु जिल्लाको चन्द्रौटा जोडिएको हुलाकी सडकमा खासगरी जेठानगाउँदेखि कालाकाटेसम्म यस्तो समस्या धेरै छ ।

गाउँलेहरु प्रश्न गर्छन् ? कहिले बन्छ यहाँको सडक ? कसले बनाइदेला र आफूहरू समस्याबाट मुक्त हुने होला ? स्थानीय गढवा गाउँपालिका वडा नम्बर एकका जनप्रतिनिधि वडाध्यक्ष बाबुराम अधिकारी पनि पीडित बनेका छन्, यहाँको सडकको अवस्थाबाट । सरकारले र क्रसर उद्योगले त्यो बाटोमा हेलचेक्राईँ गरेको भन्ने गाउँबासीको गुनासोमा अध्यक्ष अधिकारीले ऐक्यबद्धता जाहेर गरेको देखिन्छ ।

यसका विषयमा गढवा गाउँपालिका अध्यक्ष याम नारायण पोख्रेलसित बुझ्दा ठेकेदारका लापरबाहीले यस्तो हुन गएको, सडक निर्माण स्थानीय सरकारको अधिकारभित्र नपर्ने भएकोले पनि उक्त सडक पक्की गर्ने कार्य अलपत्र जस्तो भएको भए तापनि आफ्नो तर्फबाट सक्दो कोशिश गरिएको प्रतिक्रिया दिए । निर्माण कम्पनीका ठेकेदार आफैं त आउँदैनन् । तर उनीहरूले खटाएको मान्छे खासै देखिँदैनन् । आइहाले पनि यसो अलिअलि काम छोएको जस्तो गरेर अनि लापत्ता हुन्छन्, पोख्रेलले पनि उस्तै दुखेसो पोखे । पोख्रेलले तत्काल कुनै तरिकाबाट त्यस गाउँको सडक भागमा पानी छर्किने व्यवस्था मिलाएर भए पनि धुलोको समस्या न्यूनीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

स्थानीय बनघुस्री निवासी सन्देश भण्डारी क्षेत्री
रामबहादुर महतारा, भिमा घर्ती,लेखत बहादुर राना, पवित्रा भण्डारी,केशरी गिरीसहितका व्यक्तिहरुले हाम्रा सञ्चार माध्यममार्फत पक्की सडक बनाउनका लागि सरकारलाई अनुरोध गरेका छन् । साथै आफूहरुले राखेका माग सरकारले वास्ता नगरेमा कुनैपनि खालको आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । सयौंजना व्यक्तिहरु सडकमा उभिएर विभिन्न नारा जूलूस पनि गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!