दाङ । ईलाका प्रहरी कार्यालय गढवा, दाङको आयोजनामा सोमबार मबार परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ।
गढवामा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरीक्षक डबल बहादुर बम र स्थानीय स्तरमा क्रियाशील संचारकर्मीबीच परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा प्रहरी निरीक्षक बमले आफू कानूनको शासनलाई सुदृढ बनाउँदै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने कार्यमा संचारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले प्रेससँग समन्वय गर्दै सूचना प्रवाहलाई व्यवस्थित बनाउन प्रहरी सदैव सकारात्मक हुने उल्लेख गरे।
अन्तरक्रियात्मक सत्रमा सहभागी सञ्चारकर्मीहरूले प्रहरी कार्यालय र पत्रकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै पारदर्शिता, सूचना पहुँच, र जनचासोका विषयमा सहकार्य गर्नुपर्नेमा जोड दिए। उनीहरूले अपराध नियन्त्रण, ट्राफिक व्यवस्था, गढवा र राजपुर गाउँपालिका भारतसँग सिमाना जोडिएको क्षेत्र भएकाले सीमावर्ती सुरक्षा, लागु औषध तस्करी, अवैध ओसारपोसार, अपराध रोक्न नदि जन्य पदार्थ, जैविक संरक्षण लगायत विशेष जनसमस्यामा प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन सल्लाह तथा सुझाव पनि प्रस्तुत गरेका थिए।