२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बालअवस्थामा आफूले भनेको कुरा नपाउँदा भुईंमा लुडिबुडि खेल्ने,रूने,कराउने गर्दै

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख २२, २०८२

 

काठमाडौं । आफनो जिद्दीपन देखाउने बालक । बाटोमा त्यस्ता किसिमका बालक हामी नजर गर्न पनि सक्छौं, देखिन्छ, भेटिन्छ ।

अनि आफना अभिभावक (बाबुआमा)लाई प्रभावमा पार्ने बालकको स्वभाव उद्दम छ ।

हाल नेपाल प्रहरी संगठनले आफनो संगठन प्रमुख नयाँ फेरिएको अवस्थामा हाल ७ प्रदेश को डिआईजीको सरूवा पनि साना-साना बालकपनको स्वभाव नजर गर्न सकिन्छ ।

नेपाल प्रहरीमा हाल आएर सरुवामा ठुलै बार्गेनिङ हुन थालेको छ । हरेकपटक सरकार परिवर्तनसँगै गृहमन्त्रीको दबाबले खेलेको सरूवा, काज प्रक्रियामा लिन सकिन्छ ।

यो नै प्रहरी संगठनभित्रको कडा खाले रोगको अनुभव गर्न सकिन्छ । हालै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि प्रदेश सरूवामा यो कडा खाले रोगको गन्ध स्पर्श आयो ।

६ नम्बर प्रदेश कर्णालीलाई संगठनका अधिकृतहरू आफनो सरुवामा अमिलो मन गर्नु कारण के हो ?

एकजना अधिकृतले आफू कर्णाली प्रदेश नजाने बारे खुलेयाम च्यालेन्ज गर्नुको कारण के हो ? राजनीति शक्तिको लगाब वा चेन अफ कमाण्ड कमजोरी प्रश्न यो छ ।

विगतमा कर्णाली प्रदेश प्रमुख आईजीपीका दाबेदार रहेका अधिकृतहरू पनि सरुवामा रहेर काम गरेको अभिलेख छ । तर, अहिले किन कर्णाली प्रदेशलाई अवमूल्यन गर्न थालियो ?

हालको एआईजी बढुवाबाट संगठनमा गुटको आभाष गर्न सकिन्छ । राष्ट्रिय अनुसन्धानबाट स्थान्तरण भएका नेपाल प्रहरीमा रहेका अधिकृतहरू बढुवापछि पर्दा संगठनभित्र चित्र-चरित्रको गन्ध निकै बहसमा आयो ।

हिजोआज संगठनको मर्मप्रति संगठनका सदस्यमा उदासिन देखिएको त होइन् ? तर, प्रत्येक संगठनका सदस्य संगठनप्रति उत्तर दायित्व रहन जरुरी छ । सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]