२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले पदभार ग्रहण,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख २३, २०८२

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको च.न. ६४४९ मिति २०८२।०१।१० गतेको पत्रादेशले यस कार्यालमा कार्यालय प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमलाई स्वागत गरि कार्यालय प्रमुखको पदभार ग्रहण गर्नु भएको छ ।
साथै तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको पत्रादेशानुसार यस कार्यालयमा सरुवा भई मिति २०८१।०२।०२ गते हाजिर भई यस कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहि तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको च.न. ६४४९ मिति २०८२।०१।१० गतेको आदेशानुसार जिल्ला प्रहरी परिसर काठमाण्डौ काज सरुवा भई जान लाग्नु भएका प्रहरी निरिक्षक राजेश शाही ज्यूलाई ब्यक्तिगत पारिवारिक तथा पेशागत जिवनको सफलताको शुभकामना सहित मायाको चिनो प्रदान गरी बिदाई तथा फेरी भेटौला कार्यक्रमका गरिएको ।
कार्यक्रममा यस कार्यालय तथा मातहत इकाईहरुमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।