२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भूपेन्द्र बुढाथोकीले ‘परदेशी हुनै मन छैन’ नामक लोकगीतको म्युजिक भिडियो बजारमा ल्याए

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख २३, २०८२

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक समेत रहेका भुपेन्द्र बुढाथोकीको शब्द रहेको यो लोकगीतमा खेम सेन्चुरी र शान्ति श्री परियारको स्वर छ ।

म्युजिक भिडियोमा ललन चिमरिया र डोना थापामगरले अभिनय गरेका छन्। संगीत ऋषि खड्काको छ। कथा र निर्देशन मौसम हिमालीको हो ।

राष्ट्रसेवकको भूमिकामा रहेर गीत–संगीतलाई अगाडी बढाइरहेका बुथाढोकीले गीत, कविता र गजल लगायतका विधामा कलम चलाउने गर्छन्।  बुढाथोकीको शब्द र प्रमोद खरेलको स्वरमा दुई महिनाअघि मात्र ‘किस्मत’ बजारमा आएको थियो । ‘हामी नेपाल प्रहरी’ ‘अब खुसी,’ ‘डाँडापारि मेरो माया, ‘परदेशीको दशैं’ ‘मुटु टुट्दा’ र अहिले ‘धोकामाथि धोका’ बुढाथोकीका चर्चित आधुनिक गीति संग्रह हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]