२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाउन्ने मन्दिर क्षेत्र नजिकैको सडक खण्ड बिहान अचानक परेको वर्षाका कारण सडक अवरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख २३, २०८२

दाउन्ने मन्दिर क्षेत्र नजिकैको सडक खण्ड बिहान अचानक परेको वर्षाका कारण सडक अवरुद्ध

बुटवल । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्र नजिकैको सडक खण्ड आज बिहान अचानक परेको वर्षाका कारण अवरुद्ध भएको छ।

वर्षाले सडक सतह चिप्लो र हिलो बनेपछि बुटवल–नारायणगढ खण्डअन्तर्गत दाउन्ने सडकमा साना तथा ठूला सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

ढकालका अनुसार, “सडक अत्यधिक चिप्लो भएकोले सवारी चलाउन सकिने अवस्था छैन। बस, ट्रक लगायतका सवारीसाधनहरू राजमार्गमै रोकिएका छन्।”

जोखिमपूर्ण अवस्थाका कारण सवारी सञ्चालन पूर्णरूपमा निषेध गरिएको प्रहरीले जनाएको छ। ढकालका अनुसार सडक सामान्य बनाउने प्रयासस्वरूप आवश्यकताअनुसार डोजर प्रयोग गरी बालुवा छर्ने कार्य भइरहेको छ। तर मौसम अनुकूल नभएसम्म सुधार हुन समय लाग्ने देखिएको छ।

प्रहरीका अनुसार सुरक्षाकर्मीहरू घटनास्थलमा खटिइसकेका छन्। मौसम खुल्नेबित्तिकै मर्मत कार्य सुरु गरिने र त्यसपछि सवारी सञ्चालन पुनः सुचारु गरिने जानकारी प्रहरी प्रमुख ढकालले दिएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्ड महत्त्वपूर्ण मानिन्छ। पटक–पटकको वर्षाका कारण यो खण्डमा हुने अवरोधले लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधनहरू प्रभावित हुँदै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]