१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

लाेकप्रीय एबिसी संचार भण्डाफाेर टिमका समाचार प्रमुख पत्रकार बिदुर एमसी सम्मानित

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख २३, २०८२

दाङ । भालुवाङ विश्व प्रेस स्वतन्त्रता दिवसको दिन शनिबार अपरान्ह मई 3 तारीखका दिन प्रेस चौतारी नेपाल, राप्ती गाउँपालिका कमिटीले विशेष खालको सम्मानपत्र दिएर उनलाई सम्मान गरेको हो । प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य समेत भइसकेका एम सीलाई चौतारीको केन्द्रीय सदस्यका जिम्मेवारीमा रहँदा समेत विभिन्न सूचना, समाचार र रिपोर्टिङ मार्फत आम नागरिकलाई सुसूचित पारेको भन्दै त्यसरी सम्मान गरेको बताइएको छ ।

प्रेस चौतारी नेपाल राप्ती गाउँपालिकाद्वारा आयोजना गरिएको तीनदिने आधारभूत पत्रकारिता तालिम समापन समारोह तथा प्रेस चौतारी नेपाल, राप्ती गाउँपालिकाको दोस्रो अधिवेशन अवसर पारेर सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।

झण्डै दुई दशकदेखि पत्रकारिता कार्यमा निरन्तर खटिरहेका पत्रकार बिदुर एम सी विगतमा पनि थुप्रै सञ्चार गृहमा आवद्ध रहेर आफ्नो सेवा प्रवाह गर्दै आइरहेका छन् । विशेषगरी नेपाली भाषामा दखल राख्ने हैसियत बनाएका उनी विशुद्ध नेपाली भाषामै बोल्ने, लेख्ने र त्यसैमा रमाउने व्यक्ति हुन् । त्यसो त हिन्दी, अंग्रेजी र थारू लगायतका भाषाहरुमा उनको त्यत्तिकै रुचि र जानकारी छ ।

कुनै पनि घटना वा विषयवस्तुको आफ्नो मौलिक तरिकाले सूचना समाचार बनाएर दर्शक श्रोतामाझ प्रस्तुत गरेर पत्रकारिता गर्नु उनको विशेषता नै मान्नुपर्छ । जोसुकैशीत पनि निर्धक्क भएर अन्तरवार्ता प्रस्तुति दिनसक्ने खुबी देखिन्छ उनमा । सम्मानित भएकोमा बधाई तथा शुभकामना छ, बिदुर एम सीलाई ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!