बाँके । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८२।०१।२२ गतेको पत्रादेशले जनपद प्रहरी समुह तर्फका प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा तथा पदस्थापना
हुनु भएका प्रहरी कर्मचारीलाई आज मिति २०८२।०१।२३ गते यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।