२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

भारतीय ट्रकमा २ सय किलो गाँजा बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख २४, २०८२

चितवन । बिहान भारतीय नम्बर प्लेटको ट्रकमा ओसारपसार भइरहेको दुई सय किलो गाँजा बरामद भएको छ । रातको अन्दाजी २ बजे खैरहनी नगरपालिका–३ टुंगारास्थित भित्री सडकबाट प्रहरीले करिब २०० किलो गाँजासहित ट्रक र तीन जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको उक्त ट्रकमा लागुऔषध (गाँजा) ओसारपसार भइरहेको छ भन्ने सूचना प्रहरीले पाएको थियो । लगत्तै इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी बरिष्ठ नायब निरीक्षक मोतीराम शर्मा र प्रहरी चौकी चैनपुरबाट सहायक निरीक्षक द्वारिका खवाससहितको टोली चेकजाँचमा खटियो ।

सो क्रममा टुंगारामा भेटिएको उक्त ट्रकको क्याबिनमा फल्स बटमभित्र करिब २०० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले गाँजा र ट्रकसहित चालक भारत बिहार मोतीहारी जिल्ला मधुबन बस्ने ४० वर्षीय बिरेश यादव र त्यसमा सवार अरु दुईजना नेपाली चितवनकै राप्ती नगरपालिका– १२ का ४७ वर्षीय चन्द्रबहादुर तामाङ र वर्ष २५ को सुभाष तामाङलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।