काठमाडौं । पक्राउ पर्नेहरुमा भारतको कलकत्ता यादवपुर घर भएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ विशालबजारस्थित कम्पनी लिमिटेडको भुईं तलाबाट पक्राउ गरेको हो ।
उनीहरुबाट ४० लाख ३२ हजार ५० अवैध रुपैयाँ रुपैयाँ बरामद भएको परिसरका प्रवक्ता तथा एसपी अपिलराज बोहराले बताए ।