१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसनरहित घर अभियान सचेतना मूलक

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख २५, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम बुढानिलकण्ठ नगरपालिका, नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा काठमाडौं र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।
लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।

अन्तर्कृया समारोह पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रत्येक समाजको साझा समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षा र अमन चयनमा असर गर्नुका साथै विभिन्न आपराधिक घटना र दुर्घटनाहरू समेत वृद्धि भएको उल्लेख गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी, अन्य सरोकारवाला निकाय र नागरिक समाजबीच समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले यस्ता सचेतनामूलक कार्यक्रमहरूले प्रहरी र नागरिकबीच घनिष्ठता बढ्नुका साथै लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषाल, नार्कोन नेपालका अध्यक्ष बसन्त राज कुवंर र नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक गीति नाटक समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, मेडिकल संचालकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!