२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पाकिस्तान र भारतबीच युद्ध बेलुकीदेखि दुवै देशका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख २५, २०८२

 

काठमाडौं । पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतले विफल बनाइदिएको छ । बिहीबार जम्मु कश्मिरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारतको डीफेन्स युनिटले विफल बनाइदिएको हो । युद्धका कारण सीमा क्षेत्रमा त्रास सिर्जना भएको छ ।

भारतीय सेनाले दिएको जानकारीअनुसार पाकिस्तानको एफ–१६ जेटलाई भारतले विफल बनाएको हो । भारतको एस–४०० डीफेन्स सिस्टमले पाकिस्तानले प्रहार गरेको ८ मिसाइललाई विफल बनाएको भारतीय सेनाले दाबी गरेको छ। यसैबीच धर्मशालामा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को खेल पनि रद्द गरिएको छ । पञ्जाब र दिल्लीबीच भइरहेको खेल १०.१ ओभर खेलेपछि रद्द गरिएको हो । सुरक्षाको कारण देखाउँदै बीसीसीआईले खेल रद्द गरिएको जानकारी दिएको छ ।

भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएपछि भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको थियो । पाकिस्तानको विभिन्न ९ क्षेत्रमा हवाई आक्रमण गरी भारतले आतंकवादको संरचनालाई परास्त गरेको बताएको छ । उक्त कारबाहीमा २६ जनाको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]