२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डिआईजी अरुण पौडेलद्वारा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्रहरी प्रमुख जिम्मेवारी सम्हाले

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख २६, २०८२

मकवानपुर । नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०१।२१ गतेको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल काठमाडौंबाट सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक अरुण पौडेलज्यूले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ । बागमती प्रदेश प्रहरी प्रमुखज्यूले अमर प्रहरीको सम्मानमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुका साथै कार्यालय परिसरभित्र वृक्षारोपण गर्नु भएको थियो । पदभार ग्रहण पश्चात प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालयको समग्र वस्तुस्थितिबारे जानकारी लिनुको साथै कार्यरत सम्पुर्ण सिनियर प्रहरी अधिकृतज्यू, जुनियर प्रहरी तथा प्रहरी कर्मचारीहरूलाई व्यक्तिगत स्वार्थ भन्दा पनि साँगठनिक नीति अनुरुप नागरिक सेवालाई केन्द्र विन्दुमा राख्दै प्रहरीको छवि उच्च राख्न आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]