काठमाडौं । भारतीय सुरक्षा स्रोतका अनुसार राति ८ बजे गरिएको आक्रमणमा जम्मुको विमानस्थललाई मुख्य लक्ष्य बनाइएको थियो ।
भारतीय वायु सुरक्षाले रूसबाट प्राप्त एस-४०० मिसाइल प्रणाली प्रयोग गरी सबै ड्रोनलाई झारेको जनाएको छ।
आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा ब्ल्याकआउट गराइएको छ । पाकिस्तानतर्फबाट भारी मात्रमा गोला–बारुदसमेत प्रहार भएको छ बताइएको छ ।
पंजाब, जम्मु–कश्मीर र राजस्थान उच्च सतर्कतामा राखिएका छन् । साथै राजस्थानका बाड़मेर, जैसलमेर, जोधपुर लगायतका सीमावर्ती जिल्लाहरूमा पनि विद्युत आपूर्ति बन्द (ब्ल्याकआउट) गरिएको छ । एजेन्सी