२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डिआईजी डम्बरबहादुर बिकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको निरीक्षण तथा निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, बैशाख २६, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिकले सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको निरीक्षण गर्नु भयो । सोही क्रममा उहाँले गणको कार्यालय भवन, बिभिन्न शाखाहरु, क्वाटर गार्ड, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

निरीक्षण भ्रमणको क्रममा उहाँले देश तथा नागरिकलाई शीरमा राखि असल आचरण, आपसी सद्‍भाव तथा सामुहिक भावनाका साथ उच्च व्यावसायिक निष्ठा पुर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो । संगठनले निर्दिष्ट गरेको मिडिया नीति बिपरित सामाजिक सञ्जालको दुरूपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक लाभका क्रियाकलापहरु र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन सचेत गराउनु भयो । सोही क्रममा उहाँले बल प्रयोग गर्दा मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्दै व्यवसायिक, अनुशासित एवं कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्न र आफुलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य राख्न, आफ्ना व्यक्तिगत तथा व्यावसायिक समस्या तथा गुनासाहरु सिलसिलेवार रुपमा प्रतिवेदन गर्न निर्देशन दिनुहुदै प्रहरी कर्मचारीहरुका पिरमर्का र गुनासोहरु संगठनले तोके बमोजिमको बिधि र प्रक्रिया अनुरुप सम्बोधन गरिने कुरा समेत बताउनु भयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेल लगायत उक्त गणमा कार्यरत सिनियर प्रहरी अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख र जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]