२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौंमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको मोटरसाइकल र्‍याली

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, बैशाख २६, २०८२

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो। काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरुले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनस्र्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर लगाएका नारा लगाएका थिए।

कोणसभामा राप्रपाका नेपालका अध्यक्ष कमल थापाले आफूहरुको आन्दोलन देशको परिवर्तनका लागि भएकाले आफूहरुको आन्दोलनमा साथ दिन आह्वान गरे। हरेक आन्दोलनमा काठमाडौंले निर्णायक भूमिका निर्वाह गरेको भन्दै अबको परिवर्तनको निर्णायक आन्दोलनमा पनि सहभागी हुन उनले आग्रह गरे।

उनले चैत्र १५ गते काठमाडौंमा भएको शान्तिपूर्ण आन्दोलनमा राज्यले हस्तक्षेप गरेर दुई जनाको ज्यान गएको आरोप समेत लगाए। यसअघि समितिले जेठ १५ देखि राजसंस्था पुनःस्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]