२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

दिउँसो पनि भारत र पाकिस्तानबीच युद्ध जारी,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख २७, २०८२

 

काठमाडौं । केही दिनयता रातिको समयमा मात्र हुने गरेको आक्रमण र प्रत्याक्रमणको सिलसिला दिनमा पनि सुरु भएको हो ।
बिहीबार राति दुई देशले एकअर्काविरुद्ध मिसाइल र ड्रोन हमला गरे । तर, शुक्रबार दिनभर उक्त क्षेत्र शान्त प्रायः थिए । तर, शनिबार रातिबाट सुरु भएको लडाईं दिनभर नै जारी छ । द हिन्दूका अनुसार भारत प्रशासित जम्मु–काश्मिर क्षेत्रमा दिनभर नै विस्mोटनका आवाजहरु सुनिएका छन् ।

जम्मु–कश्मिरका अतिप्रभावित क्षेत्रका मनिसलाई अन्यत्रै स्थानान्तरण गरी बस्ती खाली गराउन थालिएको छ । बर्नालामा शनिबार राति ८ बजेदेखि आइतबारबिहान ६ बजेसम्म बत्ती निभाउन (ब्ल्याकआउट गर्न) निर्देशन जारी भएको छ ।

लुधियाना, फरिदकोट, राजस्थान, जोधपुर, जइसाल्मर श्रीगंगानगर, पोखरन, बार्मर लगायत जिल्लामा भारतीय प्रशासनले ‘रेड अलर्ट’ जारी गरेको छ । हिन्दूस्तान टाइम्सका अनुसार पाकिस्तानी आक्रमणको जवाफमा भारतले पाकिस्तानका ८ सैन्य र हवाइ अड्डा लक्ष्य गरेर आक्रमण जारी राखेको छ । शनिबार अपराह्न आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाका कर्नल सोफिया कुरेशीले पाकिस्तानी रडार, गोलाबारूद्ध भण्डारण गरिएको क्षेत्र र र कमान्ड सेन्टरलाई लक्ष्य गरी ८ स्थानमा आक्रमण गरिएको बताइन् ।

पाकिस्तानका रफिकी, मुरिद, चकाला, रहिम यार खान, सुक्कुर, चुनियन, पसुरूर र सियालकोटमा हवाइ र सैन्य अड्डाहरूमा आक्रमण गरिएको भारतीय सञ्चार माध्यले जनाएका छन् । त्यसको जवाफमा पाकिस्तानले भारतविरुद्ध शनिबारै अपरेसन बनयान–उल–मरसुसु घोषणा गरेको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]