१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

युद्धविराम लागू भएको ३ घण्टामै पाकिस्तानले उल्लंघन गर्दै जम्मुकश्मीरमा ड्रोन आक्रमण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख २७, २०८२

काठमाडौं । भारत पाकिस्तानबीच युद्धविराम लागू भएको तीन घण्टामै पाकिस्तानले पुनः उल्लंघन गर्दै जम्मु–कश्मीरका विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। श्रीनगरमा धमाकाको आवाज सुनिएपछि स्थानीयहरू त्रसित बनेका छन्।

शनिबार साँझ ५ बजेदेखि भारत–पाकिस्तानबीच युद्धविराम औपचारिक रूपमा लागू भएको थियो। तर, त्यसको तीन घण्टा नबित्दै राति ८ बजेबाट पाकिस्तानले जम्मु–कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुर क्षेत्रमा गोलीबारी थालेको भारतीय सुरक्षास्रोतहरूले जनाएका छन्।

राजौरी क्षेत्रमा तोप र मोर्टार प्रहार गरिएको पुष्टि भएको छ भने उधमपुरमा ड्रोन आक्रमणसमेत गरिएको छ। श्रीनगरसहित धेरै क्षेत्रमा सायरन बजाइएको छ र सुरक्षा संयन्त्र कडा पारिएको छ।

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले पाकिस्तानको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै प्रश्न उठाए‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा धमाकाको आवाजहरू गुञ्जिरहेका छन्।’एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!