१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत दुर्व्यसनरहित घर अभियान सम्बन्धी सचेतना मूलक कार्यक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, बैशाख २८, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम मध्यपुर ठिमी नगरपालिका शंखधर पाटी प्यालेस भक्तपरमा आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम मध्यपुर ठिमी नगरपालिका, प्रहरी वृत्त ठिमी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।

लागूऔषध दुर्व्यसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र मध्यपुर ठिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रत्येक समाजको साझा समस्याको रूपमा देखिएको लागूऔषध दुर्व्यसनले शान्ति सुरक्षा र अमन चयनमा असर गर्नुका साथै यसको रोकथाम तथा नियन्त्रणको लागि प्रहरी, अन्य सरोकारवाला निकाय र नागरिक समाजबीच समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । अपराध रोकथाम र नियन्त्रण गर्न नेपाल प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा स्थानिय जनसमुदायको समेत भूमिका महत्वपूर्ण रहेकाले नागरिकहरुको सूचना र सहकार्यले मात्र समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिने समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख मध्यपुर ठिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने र यस्ता सचेतनामूलक कार्यक्रमहरूले प्रहरी र नागरिकबीच घनिष्ठता बढ्ने बताउनुभयो ।
मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा लागूऔषध सम्बन्धी सचेतनामूलक गीति नाटक समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी परिसर,भक्तपुरका प्रहरी उपरीक्षक माधव प्रसाद बुढाथोकी,नेपाली सेना भैरव वहान गुल्मका गुल्मपति, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव उपरीक्षक, मध्यपुर ठिमी नगरपालिका जनप्रतिनिधि तथा पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैर-सरकारी संस्थाका पदाधिकारीहरू, औषधी व्यवसायीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले छापा हानेको बताइएको छ । डीएसपी तिमिल्सिनाका अनुसार अनैतिक गतिविधि गराउदै आएको सूचनाका आधारमा धनगढी उपमहानगरपालिका–१, ३, ७ र ८ मा रहेका होटलहरूमा छापा हानिएको बताए । सो क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको तथा […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

error: Content is protected !!