२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीले लागुऔषधसहित १ युवक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख २९, २०८२

दाङ । घोराही उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले दुई फरक घटनामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। पहिलो घटनामा, घोराही उपमहानगरपालिका-१४, मिलनचोकस्थित रोडमा संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय, घोराही दाङबाट खटिएको टोलीले शंका लागेर खानतलासी गर्दा उनको पाइन्टको दाहिने खल्तीमा रातो प्लाष्टिकको साना ३ वटा पुडियामा धागोले बाँधेर राखिएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो। उक्त पदार्थको तौल प्लाष्टिकसहित १ ग्राम रहेकोमा शुद्ध तौल ६७० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। दोस्रो घटनामा, घोराही उपमहानगरपालिका-१३, आनन्दनगर टोल बस्ने अन्दाजी ५७ वर्षीया नितु आचार्यलाई प्रहरीले लागुऔषध कारोवारको आरोपमा पक्राउ गरेको छ। नितु आचार्यको घरमा ट्रामाडोल बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले खानतलासी गर्दा उनको भान्सा कोठामा लुकाइ राखेको २ पत्ता (२० क्याप्सुल) ट्रामाडोल फेला पारेको हो। दुबै घटनामा संलग्न पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]