१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

३ महिनादेखि डिआईजी रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा को आउँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

बिरेन्द्रनगर । निजामति कर्मचारीहरूले मात्र होइन, नेपाल प्रहरीले पनि कर्णाली प्रदेशलाई तेस्रो दर्जामा राख्न थालेका छन् । प्रत्यक्ष सम्पर्कमा रहने प्रहरीलाई समेत कर्णालीका जनताले सहजै भेटघाट गर्न सक्ने अवस्था बनेको छैन । प्रहरीको सरुवा नै सोर्स फोर्समा मधेश प्रदेश, कोशी प्रदेश बाग्मती वा लुम्बिनी हुन थालेको छ । प्रहरीको प्राथमिकता कर्णाली नपरेपछि गृहमन्त्रालयले डिआइजीसमेत पठाउन सकेको छैन ।२१ वैशाखमा नेपाल प्रहरीमा भएको सरुवाको सूचीलाई हे¥यो भने कर्णालीमा डिआइजीको पद रिक्त छ । गृहमन्त्री रमेश लेखकले २१ वैशाखमा ७ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरूको सरुवा गरेका थिए । सो सरुवा सूचीअनुसार ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका थिए । तर, गृहमन्त्री लेखकले कर्णालीमा जाने डीआइजी पाउन सकेनन् ।
तीन महिनादेखि रिक्त रहेको कर्णाली प्रदेशमा डिआइजी पठाउन नसक्नुमा कुनै पनि प्रहरी त्यहाँ जान नमान्नु र मन्त्रालयले पठाउन नसक्नु हो । मन्त्रालय सम्हालेको १० महिना पूरा हुँदा पनि गृहमन्त्री लेखकले एउटा प्रहरी अधिकृतलाई मन्त्रालयले चाहेको स्थानमा पठाउन सक्दैनन् । यसले गर्दा मन्त्रीभन्दा प्रहरी अधिकृत शक्तिशाली देखिएका छन् ।
संसदमा सरकारले कर्णालीलाई उपेक्षा गरेको भन्दै चर्को आलोचना हुने गरेको छ । बजेट, कर्मचारी प्रशासन मात्र होइन प्रहरीसमेत जान नमानेपछि सरकार कति लाचार रहेको भन्ने पुष्टि हुन्छ । कर्णालीमा प्रहरीमा मात्र होइन अन्य कर्मचारीसमेत जान मान्दैनन् ।
कर्णालीवासी प्रदेश सरकारले चाडै डिआइजी पठाइदिन आग्रह समेत गरेको छ । एसएसपी समेत बेलाबखत घर जाने र महिनौसम्म हराउने भएपछि निमित्त डिआइजीको काम एसपीले गर्ने गरेका छन् ।
फागुन २२ मा जनक भट्टराई एआइजीमा बढुवा भएसँगै कर्णाली डिआइजीविहीन छ । कर्णालीमा जान सबैले ‘अनिच्छा’ व्यक्त गरेपछि डिआइजी नपठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ । कर्णालीमा डिआइजी पठाउन नकसेपछि मन्त्री लेखक निरिह जस्तै भएका छन् । उनले भनेको अटेरी गर्ने डिआइजीलाई शान्ति सुरक्षा कायम गर्न मन्त्रीले कसरी निर्दैशन दिन्छन र त्यो निर्दैशनलाई ती डिआइजीले कसरी पालान गर्छन भन्ने अहंम प्रश्न आएको छ ।
उनले एआइजी बढुवामा पनि न्याय दिन नसकेको गुनासो बढिरहेको छ । यद्यपि, मन्त्री लेखकले अब्बललाई बढुवा गरेको भन्दै ‘फेस सेभिङ’ गरिरहेका छन् ।
प्रहरीमा ६ जना अतिरिक्त महानिरीक्षक (एआइजी)हरूको बढुवा भएर पदस्थापन भइसक्दा पनि रिक्त रहेको १० डिआइजीको बढुवा प्रक्रिया सुरु हुन सकेको छैन । प्रहरीमा जनपद समूहतर्फ १० जना डिआइजी पद रिक्त छ । वैशाख १५ गते मन्त्रिपरिषद्ले एआइजीहरू चन्द्रकुवेर खापुङ, कृष्णहरी शर्मा, लालमणि आचार्य, डा. मनोज केसी, दान बहादुर कार्की र राजन अधिकारीको पदस्थापन गरेको थियो ।
डिआइजी बढुवामा ३ टोलीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको बिचमा प्रतिस्पर्धा छ । तर, बढुवा समितिले डिआइजी बढुवा सिफारिस गर्न सकेको छैन । डिआइजी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी हुन् । उनी डिआइजी बढुवा र मन्त्रालयको महत्वपूर्ण काम छाडेर एकसातादेखि विदेशमा थिए । आइतबार राती मात्रै काठमाडौ उनी स्वदेश आएका छन् । मंगलबारबाट उनी मन्त्रालयमा हाजिर भएपछि मात्रै डिआइजीको बढुवा सिफारिस अघि बढ्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!