१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बागमती प्रदेश डिआईजी जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण तथा अनुगमन कार्यक्रम

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

हेटौंडा । मकवानपुर बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी अरुण पौडेल कार्यालयको निरीक्षण तथा अनुगमनको लागी पाल्नु भई कार्यालय, मेश, व्यारेक, हिरासत कक्ष लगायत सम्पुर्ण शाखाहरुको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । निरीक्षणको क्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व राज खड्काज्यूले मकवानपुर जिल्लाको समग्र शान्ती सुरक्षा तथा वस्तुस्थितिको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । निरीक्षण तथा अनुगमनको क्रममा
यस कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरु लगायत मातहत युनिट ईन्चार्जहरु समेतलाई उच्च मनोबलका साथ प्रभावकारी ढंगले काम कारबाही गर्न भनि श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले अमूल्य निर्देशन समेत दिनु भएको थियो जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!